घुर्ने समस्याबाट छुटकारा पाउने अचुक घरेलु उपचार



यदि तपाईलाई निद्राको बेलामा घुर्ने समस्याले सताएको छ भने यसले कुनै–कुनै बेला एकदमै लज्जित बनाइदिन्छ ।

घुर्ने समस्याबाट बच्न पहिले नै सतर्कता अपनाउनु आवश्यक छ । त्यसका लागि राम्रो चिकित्सकसँग सल्लाह पनि लिनुपर्छ ।

खासगरी घुर्ने समस्या निद्राको समयमा अक्सिजन स्वासनलीबाट बराबर रुपमा परिचालन नभएको कारणले हुन्छ । औषधिको साइडइफेक्ट र अल्कोहल आदिको प्रयोगले पनि घुर्ने समस्या हुन्छ ।

यसबाट छुटकारा पाउनका लागि घरमै बसेर घरेलु उपाय अपानाउन सकिन्छ । जसको कुनै साइडइफेक्ट पनि हुँदैन र सजिलै उपलब्ध हुन सक्छ ।

हल्का तातो गरेको मख्खन ९नौनी० दुई थोपा नाकमा हाल्ने । सधैँ सुन्तुभन्दा अगाडि र उठेपश्चिात यो प्रक्रिया अपनाउँदा फाइदा हुन्छ ।

एक गिलास तातो पानीमा आधा चम्चा इलाइची पाउडर हालेर राति सुत्नुभन्दा अगाडि पिएमा घुर्ने समस्याबाट बिस्तारै मुक्त हुन सकिन्छ ।

दूधमा बेसार मिलाएर दैनिक रुपमा पिउने गर्दा पनि घुर्ने समस्यालाई निको पार्न सकिने आयुर्वेद चिकित्सकहरूको सल्लाह छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्