प्रेम र सन्तोषको ‘फूलझैँ जीवन’



सैघाली खबर, २४ असार ।
नेपाली आधुनिक गीतहरूको सङ्ग्रह ‘फूलझैँ जीवन’ को एक समारोहका बिच बिमोचन गरिएको छ । नेपाली सुगम सङ्गीतका गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा एल्बम बिमोचन गरिएको छ । एल्वममा गीतकार प्रेम प्रसाद राजभण्डारीले रचना र सङ्गीतकार सन्तोष श्रेष्ठले संगित दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानले एल्बमका गीतहरू साह्रै हृदयस्पर्सी भएको र मेलोडियस गीतहरूको एल्बम भएको बताए । एल्बमको बारेमा डा. नेत्र एटमले समीक्षा गरेका थिए । एल्बमका गीतहरू फरक शैलीमा, सुन्दा आनन्द आउने, वियोगान्त र संयोगान्त भावका समेटिएको बताईएको थियो ।

सांसद सुजिता शाक्यले पनि एल्वम सफलताको शुभकामना दिएकी थिइन् । गायक भविन ढुंगाना, कृष्णभक्त राई र गायिका सहिमा श्रेष्ठले गीत गाएर मनोरञ्जन दिएका थिए ।

सङ्गीतकार सन्तोष श्रेष्ठले गीतमा विविध भाव भएकोले सङ्गीत गर्दा आनन्द आएको र फरक पन दिन आफु सफल भएको बताए । गीतकार प्रेम प्रसाद राजभण्डारीले विदेशमा बसेपनी आफ्नो जन्मभूमिको मायाले सताएको कारण गीत लेखेको बताएका छन् । कार्यक्रमको सहजीकरण पत्रकार सुमन बैरागीले गरेका थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्