भाडाको घरमा राजधानी चल्दैन -मुख्यमन्त्रि पोखरेल



बुटवल २७ साउन, । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्नेमा बहस हुनुपर्ने बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारसँगको भेटघाटमा उनले राजधानी कहाँ बनाउने भन्ने सोँच्ने हो भने समस्या आउने दावी गरे ।

स्थायी राजधानी तोक्न जनताको राय सुझाव लिएर तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी प्रदेशसभाले विशेष समिति गठन गरिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले २०र२५ वर्षमा नयाँ राजधानी खोज्नुपर्ने स्थिति नआउने गरी निर्णयमा पुग्नुपर्ने धारणा राखे ।

उनले अर्काको भवन भाडामा लिएर अहिलेकै ढाँचामा स्थायी राजधानी नचल्ने प्रष्ट पारे । ‘चुनावका बेला सबै नेताले आफ्नो ठाउँमा राजधानी बनाउँछु भन्नुभयो होला, तर सधैंभरि त्यही कुरालाई बोकेर हिँड्न हुंदैन’ मुख्यमन्त्रीले पोखरेलले भने ‘यदि कसैले त्यसो गर्छ भने ऊ सही अर्थमा नेता नेतृत्व हुनसक्दैन ।’

स्थायी राजधानी सिफारिस गर्न गठित समितिमा रहेका सांसदहरुले पनि आफू कुन ठाउँको हुँ भन्ने आधारमा आफ्ना कुरा नराखी जनताबाट राय सुझाव लिई यथार्थ प्रतिवेदन बुझाउनुपर्नेमा जोड दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्