वैदेशिक राेजगार व्यवसायी संघको अध्यक्षमा गुरूङ



काठमाडौं, असार ३१
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले–माओवादी केन्द्र गठबन्धनका ब्यवसायीहरूको समूह विजयी भएको छ ।
गठबन्धनका रोहन गुरुङले कांग्रेस निकट समूहका अध्यक्षका प्रत्यासी बिमल ढकाललाई ९३ मतले पराजित गरे । शनिबार बिहान सार्वजनिक नतिजाअनुसार गुरुङले ४३४ मत पाए भने ढकालले ३४१ मत पाएका हुन।

कांग्रेस र मधेसी केन्द्रित दलहरू निकट व्यवसायीहरूबीच गठबन्धन भएको थियो । प्रगतिशील समूहबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव ईश्वर जिसी बिजयी भएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्