प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदन



काठमाडौं, साउन १ – संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ ।
बिहान बसेको बैठकले पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले आइतबार सुनुवाई गरेको हो ।

सुनुवाईका लागि उहाँविरुद्ध उजुरी गर्न समितिले दिएको समयभित्र कुनैपनि उजुरी नपरेको समितिले जनाएको छ । समितिले नियुक्तिका लागि सिफारिस गरेपछि अब उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्