‘प्रतिसतका आधारमा हाम्रो पहुँच उत्कृष्ठ’



 

 

हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाको लगानीद्धारा सञ्चालित हाम्रो पहुँच सेकेन्डरी स्कुलले यस बर्षको एसईई नतिजा तुलसीपुर क्षेत्रमा उत्कृष्ठ ल्याएको दाबि गरेको छ । तुलसीपुर उपमहानगरपालिका ७ रहेको उक्त बिद्यालयले तुलसीपुरका अन्य बिद्यालय भन्दा बढि प्रतिसत बिद्यार्थी एप्लसमा उर्तिण गराउन सफल भएको जनाएको छ । पत्रकार दिपक बोहराले स्कुलका प्रिन्सीपल डिआर भण्डारीसंग गरेको कुराकानीको सारसंक्षेप । – सम्पादक

स्वागत छ ।
धन्यबाद ।
१ एसईई नतिजामा हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुरको उत्कृष्ट भयो भनेर प्रचार गरिरहनु भएको छ ? आधार के हो ?

बिगतका बर्षहरुमा पनि सत प्रतिसत बिद्यार्थी उतिर्ण गराउन सफल हाम्रो पहुँच सकेन्डरी स्कुलले यस पटक तुलसीपुरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हामीले प्रतिसतका आधारमा तुलसीपुरका अन्य बिद्यालय भन्दा बढि बिद्यार्थी उतिर्ण गराउन सफल भएका छौं । जम्मा ३८ जना बिद्यार्थी मध्य हामीले ७ जना ए प्लसमा पास गराउन सफल भएका छौं । अन्य २५ जना ए र ७ जना बिप्लसमा पास गराउन सफल भएका छौं ।

२ नतिजा उत्कृष्ठ ल्याउन सफल हुनुको जस केहो ?
यसमा शिक्षक, बिद्यार्थी र अभिभावकको मेहनत नै हो । शिक्षकले पढाएर मात्रै पनि हुँदो रहेनछ, शिक्षकले पढाएको आधारमा बिद्यार्थीले पनि त्यहि अनुसार ध्यान दिएर पढ्नु पर्ने रहेछ भने अभिभावकले पनि बिद्यार्थीहरुको पढाई प्रति निरन्तर अनुगमण गर्नु पर्दो रहेछ , त्यसो भयो भने मात्रै सोँचे अनुसारको नतिजा ल्याउन सकिदो रहेछ ।
३ बिद्यार्थीका लागि वातावरण कस्तो हुनुपर्ला ?
उत्कृष्ठ नतिजा ल्याउन बिद्यार्थी केन्द्रीत पठन पाठन, शैदान्तिक संगसंगै व्यबहारीक शिक्षालाई पनि जोड दिनुपर्छ । बिद्यालयले शिक्षक, अभिभावक र बिद्यार्थीबीच राम्रो सम्बन्ध बनाउन सक्नु पर्छ । शिक्षक कर्मचारीहरु ऐकेबद्धता हुन जरुरी छ । पठन पाठनका लागि बिद्यालयको वातावरण पन सहज हुन जरुरी हुन्छ । २१ औ सताव्दीको शिक्षा “Mind to Hand”  अर्थात दिमागमा जे सिकाईन्छ त्यसलाई व्यबहारमा प्रयोग गराउनु पर्ने हुन्छ । त्यसका लागि अतिरिक्त क्रियाकलापको आबश्यक पर्छ । त्यही अनुसारको सामाग्री पनि बिद्यालयले तयार पार्नु पर्ने हुन्छ ।

४ “Mind to Hand”  अन्तरगत कस्ता खालका क्रियाकलाप गर्नु भएको छ ?
हामीले बिद्यार्थीलाई पढाई संगसंगै व्यबहारीक बनाउनलाई बिभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गर्छौ । हामीले जे सिकाउछौं, त्यसलाई व्यबहारमा उतार्न प्रेरण दिने खालका क्रियाकलापलाई निरन्तरता दिने गरेका छौं । साथै हामीले हावस वाईरिङ्ग, जग्गा नापी, रेडियो उद्घोषण, मैनबक्ति निर्माण, गुडिया निर्माणलगायतका तालिमहरु दिने गरेका छौं । जसले गर्दा बिद्यार्थीहरुको आत्म बिश्वास, व्यबहारीक ज्ञान बृद्धि हुन मद्धत पुग्ने गरेको छ ।

५ बिद्यार्थी प्रति अभिभावकको भुमिका कस्तो हुन्छ नी ?
बिद्यार्थीहरुको पढाई बृद्धि गर्न अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने गर्छ । अभिभावकले बिद्यार्थीका लागि समय छुट्याउनु पर्छ । बिद्यार्थीको पढाई कस्तो छ, सुधार गर्नु पर्ने पक्ष के के छन्, त्यस बिषयमा पनि जानकार हुनु पर्छ । त्यही अनुसार उसको पढाई सुधार गर्न तर्फ मद्धत गर्नु पर्छ । साथै अभिभाबकहरुले घरमा पनि राम्रो पढने वातावरणको शिर्जन गरिदिन पर्छ । बिद्यार्थी अधिकांस समय अभिभावक संग हुने भएकाले अभिभावकको भुमिका नै निर्णायक हुन्छ । अभिभावकले बिद्यालयमा आएर बिद्यार्थीको पढाईको अबस्थाबारे बिद्यालयमा आएर बुझ्नु पर्छ ।
६ बिगतका बर्षहरुमा तुलसीपुरमा उत्कृष्ठ नतिजा ल्याउन चुनौती थियो । त्यो चुनौतीलाई पार गरेर अहिले उत्कृष्ठ हुन सफल भयो । हाम्रो पहुँचले आउदा बर्षमा पनि तुलसीपुरमा उत्कृष्ठ नतिजा ल्याउन सक्ला ?

सक्छ । हामीले अझै यो नतिजालाई पनि सुधार गरेर राम्रो नतिजा ल्याउन सक्छौं । अझै हामीले बिद्यार्थीहरुलाई पढाई प्रति आकर्षण गराउन अत्तिरिक्त क्रियाकलाप, गृहकार्यमा जोड, बिद्यार्थीको मुल्याङ्गकन, प्रत्येक युनिट अनुसार परीक्षा बनाउने, व्यबहारीक शिक्षामा जोड दिने लगायतका क्रियाकलापमा जोड दिनेछौं ।

७ बिद्यालयले राम्रो नतिजा ल्याउन के गर्नुपर्ला ?
बिद्यालयले राम्रो नतिजा ल्याउन सबै कुरा मिल्नु पर्छ । एउटा कुरा त बिद्यालयको व्यबस्थापन, बिद्याथी, शिक्षक, अभिभावक सबैले बिद्यार्थीको पढाई प्रति चासो राख्नु पर्छ ।

८ प्रायः निजि बिद्यालयले नै उत्कृष्ठ नतिजा ल्याउने गरेका छन्, सरकारी बिद्यालयले उत्कृष्ठ नतिजा ल्याउन नसक्नुको कारण के देख्नु हुन्छ ?
सरकारी बिद्यालयको व्यबस्थापन पक्ष खुकुलो भएर नतिजा खस्किएको हो की ? भन्ने लाग्छ । म पनि केही बर्ष देखी शिक्षा क्षेत्रमा क्रियाशिल रहेकाले मेरो अनुभबका आधारमा भन्नुपर्दा सरकारी बिद्यालयले “Hair and Fire “ को नीति अबलम्बन गर्नु पर्छ, त्यति गर्न सक्ने हो भने मात्रै पनि सरकारी बिद्यालयको नतिजामा केही सुधार ल्याउन सकिन्छ ।

९ प्रसंग बदलौ, हजुर प्याबसन दाङको सदस्य पनि हुनुहुन्छ, निजि बिद्यालयले मनपरी महंगो शुल्क लिने गर्छन भन्ने गुनासो आउने गर्छ नी ?
हामीले सर्बशुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेका छौं । हाम्रो नारा भनेको Lets do something for quality education भन्ने छ । निजि बिद्यालयले सेवा अनुसारको शुल्क लिने गर्छन । हामीले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेका छौं । हामीले शिक्षालाई शुल्कसंग दाँज्ने प्रबृति छ । शैक्षिक गुणस्तर बृद्धि गर्न यसको अन्त्य हुन जरुरी छ । अब पनि परम्परागत शिक्षाले अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ, त्यसैले शिक्षालाई पनि आधुनिकता तिर लैजान पनि आबश्यक छ ।

१० अन्तमा केही भन्नु छ ?
शिक्षा बाँडिएको छ । धनीले राम्रो स्कुल खोजेर पढाउछन्, अलि मध्याम धनीले मध्याम स्तरको बिद्यालय खोज्ने गर्छन, अनी न्युन स्तर भएकाले सामान्य बिद्यालय खोज्ने गर्छन् । शिक्षा यसरी बाँडिनुले शैक्षिक गुणस्तरमा नै प्रश्न चिन्ह खडा गरेको छ, यो राम्रो पक्ष पनि होईन । शिक्षा सबै बर्गका लागि बराबार हुनु पर्छ ।यसका लागि राज्यले ध्यानदिनुपर्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्