शुक्रबार र शनिबार ईन्टु मिन्टु लण्डलनले दर्शकको साथ पायो त?



सैघाली खबर, ७ असोज ।

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले आशातित आक्रमक इनिसियल व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार राम्रो दर्शकको साथ पाएको लभ स्टोरी फिल्मले शनिबार देशैभर आक्रमक रुपमा दर्शकलाई हलमा आकर्षण गर्न सफल रह्यो । शनिबार ‘इन्टु मिन्टु लण्डनमा’ लागेका अधिकांश हलहरु हाउसफूल रहेको रिपोर्ट छ ।

विशेषगरी शहरका मल्टिप्लेक्समा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म हेर्न युवा दर्शकको भिड देखियो ।  राजधानीका हल हलमा पुगेका इन्टु मिन्टु टिमलाई दर्शकले न्यानो स्वागत गरे ।

धिरज र साम्राज्ञीसँग सेल्फी खिच्न दर्शकहरुमाझ हानाथाप भएको थियो । इन्टु र मिन्टुसँगै हलहलमा नायक शारुक ताम्रकार र निर्देशक रेनशा वान्तवा राई पुगेका थिए । रेनशाको यो डेव्यु निर्देशकिय फिल्म हो । एक दशक नृत्य निर्देशन पछि उनले फिल्म निर्देशनमा हात हालेकी हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्