युट्युबमा ‘छक्का पञ्जा २’ नआउनुको कारण यस्तो



सैघाली खबर, ७ असोज ।

चलचित्र छक्का पञ्जा २ युट्युबमा नहाल्नुको कारणबारे थुप्रैले जिज्ञासा राखेका छन् । कतिपयले त युट्युबमा फिल्म नआएको भन्दै आक्रोस नै पोखेका छन् ।

यसबारेमा चलचित्रका लेखक, निर्माता एवं कलाकार दीपकराज गिरीले स्पष्ट पार्दै छक्का पन्जा ३ ले झन् युट्युबको विकल्प खोजीरहेको बताएका छन् ।

चलचित्र रिलिज हुने बित्तिकै युट्युबमा राखिँदा दर्शक घटेको भन्दै उनले विदेशमा हुने दर्शकका लागि थोरै भएपनि पैसा तिरेर हेर्न मिल्ने बनाउने योजना रहेको सुनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्