साउथ फिल्मका महंगा अभिनेत्रीहरु, कस्को पारिश्रमिक कति ?



सैघाली खबर,  असोज ।

बलिउडमा जस्तै साउथ फिल्ममा पनि धेरै राम्रा र क्षमतावान अभिनेत्रीहरु छन् । अनुष्का, नयनतारा जस्ता साउथका अभिनेत्रीहरु उमेरले तीस काटे पनि अझै डिमान्डेड अभिनेत्रीमा पर्छन् । उनीहरुले निकै नै महंगो रकम लिँदै फिल्म साइन गर्ने गरेका छन् । त्यस्तै काजल अग्रवाल, राकुल प्रितले पनि निकै राम्रो पारिश्रमिक लिँदै फिल्ममा अनुबन्धित हुन्छन् । साउथ इन्डियन फिल्म उद्योग भित्र विभिन्न भाषाका फिल्महरु बन्छन् ।

भाषा अनुशार नै साउथ फिल्म उद्योगका विभिन्न फिल्मलाई छुट्टा छुट्टै नामले चिनिन्छ । जस्तो कि तमिल फिल्मलाई टलिउड, तेलेगुलाई कलिउड, मल्यालम सिनेमालाई मलिउड, कन्नाडा फिल्म उद्योगलाई सन्डालउड फिल्म भनेर चिनिन्छ तर यी सबै फिल्महरु नै साउथ फिल्म भनेर चिनिन्छन् । साउथ फिल्म उद्योगमा कलाकारकै कारण पनि फिल्म सफल हुन्छ । स्टार भ्यालुका कारण दर्शकहरु हलसम्म पुग्छन् । साउथ फिल्मका महंगा अभिनेत्रीहरुको छोटो जानकारी ।

अनुष्का शेट्टी : अनुष्का साउथ फिल्मकी सबैभन्दा महंगी अभिनेत्री हुन् । सन् २००५ मा डेब्यु गरेकी उनले हालसम्म ३० भन्दा धेरै तमिल र तेलेगु फिल्ममा काम गरिसकेकी छिन् । उनले एक फिल्म गरेबापत ४ करोड लिन्छिन् ।रुद्रमादेवी र बाहुबली २ बाट त झनै ५ करोड पारिश्रमिक लिएकी थिइन् ।

नयनतारा : नयनतारा साउथ फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको दोस्रो नंम्बरमा पर्छिन् । उनले एक फिल्म गरे बापत ३ करोड रुपैयाँ लिन्छिन् । दुई दशक भन्दा लामो समय देखि सक्रिय नयनताराले तेलेगु, तमिल, मल्यालम र कान्नाडाबाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् । उनले मास, माया, राजा रानी, यारदिनी मोहिनी, तुलसी, सिम्हा लगायत कयौँ हिट फिल्ममा काम गरेका छन् ।

तमन्ना भटिया : तमन्ना भटिया बाहुबलीमा काम गरेपछि हिट भएकी अभिनेत्री हुन् । उनी एक फिल्मको ३ करोड रुपैयाँ लिन्छिन् । बलिउड फिल्म चाँद सा रोशन चेहेराबाट डेब्यु गरेकी उनी साउथ फिल्ममा निकै रुचाइएकी अभिनेत्री हुन् ।

सामन्था रुथ प्रभु : सामन्थाले एक फिल्मको २ देखि २ करोड ५० लाखसम्म लिन्छिन् । तमिल र तेलेगु फिल्मबाट आफ्नो करिअर सुरुवात गरेकी उनले ए..एए, जनता गराज लगायतका हिट फिल्ममा काम गरेकी छिन् ।

काजल अग्रवाल : काजल अग्रवाल साउथ फिल्मकी निकै सुन्दर एवं क्षमतावान अभिनेत्री हुन् । उनले तेलेगु, तमिल र हिन्दी फिल्ममा पनि काम गरेकी छिन् । उनी एक फिल्म गरेबापत २ करोडसम्म पारिश्रमिक लिन्छिन् । उनले बलिउड फिल्म क्यु हो गया ना? बाट आफ्नो करिअर सुरुवात गरेकी थिइन् । मगधिरा, एमएले, विवेगम लगायतका हिट फिल्ममा काजलले काम गरीसकेकी छिन् ।

श्रृती हसन : साउथ फिल्मका सुपरस्टार कमल हसन की छोरी हुन श्रृती हसन् । उनी गीत पनि गाउँछिन् साथै गीत कम्पोज पनि गर्छिन् । उनी एक फिल्मका लागि एक करोड देखि एक करोड ५० लाखसम्म लिन्छिन् । तेलेगु फिल्मबाट करिअर सुरुवात गरेकी हिन्दी फिल्ममा पनि काम गरेकी छिन् । गब्बर सिंह, एबडु, श्रीमान्डु लगायत कयौँ हिट फिल्ममा उनको अभिनय छ ।

राकुल प्रित सिंह : राकुल प्रित आफ्नो फ्यानहरु माझ क्युट स्माइलका कारण चर्चित छिन् । उनले एक फिल्म खेलेको १ करोडसम्मको पारिश्रमिक लिने गर्छिन् । उनले बलिउड फिल्म यारिया मा पनि काम गरेकी छिन् ।

श्रीया सरन : श्रीया पनि एक फिल्म गरेबापत १ करोडसम्म पारिश्रमिक लिन्छिन् । उनले तेलेगु फिल्म इस्तामबाट सन् २००५ मा डेब्यु गरेकी थिइन् । शिवजी, आवारापन, पोकिरी लगायतका फिल्ममा काम गरेकी छिन् ।

त्रिसा कृष्नण : त्रिसाले पनि तेलेगु, तमिल र हिन्दी फिलममा काम गरेकी छिन् । उनले एक फिल्म गरेको ९० लाखसम्म रुपैयाँ लिन्छिन् । गिल्ली, मौनम पेसीयाडे, पूर्णिनामी, वर्षम् लगायतका कयौँ हिट फिल्ममा काम गरेकी छिन् ।

हंसिका मत्वानी : कलिउड र तलिउड फिल्म उद्योगमा चर्चित छिन् हंसिका मत्वानी । उनी एक फिल्मको ८० लाख रुपैयाँसम्म लिन्छिन् । सकालाका बुम बुम पनि काम गरेकी थिइन् । हंसिकाले कोही मिल गयामा ऋतिक रोशनसँग बाल कलाकारको भूमिका गरेकी थिइन् । बिल्ला, मस्का, बोगन, लुकुननोडु लगायतका हिट फिल्मममा काम गरेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्