मेरो कारणले पनि चलचित्र चलेको होः साम्राज्ञी



सैघाली खबर, ९ असोज ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बक्स अफिसमा इनिसियल रुपमा हिट भएपछि साम्राज्ञीले फेरि यो कुरा दोहोर्‍याएकी छिन् । उनले भनिन्-‘मलाई सुपरस्टार हिरो मात्र हुन्छन् भन्ने सोचाई नै गलत लाग्छ । निर्माताहरु चलचित्र चल्यो भने नायकका कारणले मात्र चल्यो भन्ने सोच्छन् । तर, यो एकदमै ठूलो भ्रम हो ।’

साम्राज्ञीले अहिले नेपाली चलचित्रमा नायिकाहरु पनि शक्तिशाली रहेको र उनीहरुको कारणले पनि चलचित्र चल्ने गरेको बताइन् । साम्राज्ञीले चलचित्रमा आउन चाहने नयाँ अनुहारलाई भनिन्-‘चलचित्र क्षेत्रमा आउँदा नायक नै सबथोक हो भनेर आफूलाई कमजोर नसोच्नुहोस् ।

आफूले आफूलाई माथि राखेर विश्वास गर्नुहोस् । म सधै आफूले आफूलाई माथि राख्छु र अरुलाई पनि आफूलाई कमजोर नसोच्न आग्रह गर्दछु ।’ साम्राज्ञीले घुमाउरो भाषामा आफ्नो कारणले पनि चलचित्र चल्ने गरेको खुलाइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्