‘विर विक्रम २’ मा आकाश र बर्षा



सैघाली खबर, १४ असोज ।
निर्देशक मिलन चाम्सले सुरुमा ‘ब्याचलर बन्टी’ चलचित्र बनाउने योजना पछि सारेका छन् । अब, उनी चलचित्र ‘विर विक्रम २’ निर्माण गर्ने तयारीमा लागेका छन् ।

नायक अनमोल केसीको समय नमिलेका कारण मिलनको ‘ब्याचलर बन्टी’ प्रोजेक्ट पछि सरेको हो । बक्स अफिसमा हिट भएको ‘विर विक्रमको सिक्वेलमा’मा नायकको रुपमा आकाश श्रेष्ठलाई अनुवन्धित गरिएको छ । नायक श्रेष्ठले सबैको मायाले आफूले राम्रो ब्यानरको चलचित्रमा काम गर्न लागेको बताए ।

चलचित्रमा नायिका बर्षा सिवाकोटी फाइनल भैसकेकी छिन् । चलचित्रमा दयाहाङ राई र नाजिर हुसेन पनि रहने बताइएको छ । केही दिनमै चलचित्रका कलाकार र छायांकन मितिको जानकारी दिने योजनामा यसको निर्माणपक्ष छ । आकाशले अभिनय गरेको चलचित्र ‘रामकहानी’ चौथो सातामा हलमा चलिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्