आफ्ना सम्मान पत्रहरु देखाँउदै मख्ख अनुभव



सैघाली खबर, १४ असोज ।
बाल कलाकार अनुभव रेग्मी आफ्ना सम्मान पत्रहरु हेर्दै मख्ख पर्ने गर्छन् । हुन पनि हो, कुनै कलाकालाई दाम भन्दा पनि नाम तथा कदर पत्रहरु नै उस्कालागि अमुल्य हुन्छन् ।

अनुभव त झन् सानै उमेरमा आफ्ना प्रतिभाहरु पस्कदै थुप्रै जनाको मन–मनमा बस्न सफल बाल कलाकार हुन् । रिदम, नाई नभन्नु ल देखि लगातार नाई नभन्नु ल पाँच सम्म अभिनय गरेका अनुभव सबैका प्रिय कलाकार हुन् ।

परिवार नै चलचित्र क्षेत्रमा लागेकाले पनि अनुभवलाई यस क्षेत्रमा काम गर्न अझ सहज भएको हो । सैघाली खबरको टिम अनुभवको घरमा पुग्दा उनले आफ्ना वुवा–आमाको गोप्य कुराहरु खोल्दै आफ्ना सम्मान पत्रहरु देखाएका थिए । हेर्नुस भिडियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्