समानुपातिक सांसद साउदद्वरा नयाँ एम्बुलेन्स प्रदान



सैघाली खवर
एकेन्द्र महता ,
साउन ८अछाम-.

अछाम जील्ला क्षेत्र नः२ की समानुपातिक सांसद जानकी साउद रावलले नयाँ एम्बुलेन्स प्रदान गरेकी छन् । नेकपा ९माओवादी केन्द्र०की समानुपातिक सांसद रावलले रामारोशन गाउँपालिकाको भोटाकाँटिया स्वास्थ्य चौकीका लागि उक्त एम्बुलेन्स ल्याइएकी हुन् ।

अछामका दुर्गम ठाउँका बिरामीलाई छिटो उपचार सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स ल्याइएको सांसद रावलले बताइन् । आर्थिक वर्ष २०७३र७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत खरिद गरिएको एम्बुलेन्स काठमाडौँ आइपुगेको छ । केही दिनमै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्त्रण गरिने सांसद रावलले जानकारी दिइन् ।

सांसद रावलले यसअघि २०७१र७२ मा सांसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकलाई एम्बुलेन्स उपलब्ध गराएकी थिइन् । उक्त एम्बुलेन्सले पूर्वी अछामका विरामीलाई सेवा दिँदै आएको छ । यो क्षेत्रमा पहिलो पटक एम्बुलेन्स सेवा सुरु भएपछि यहाँका विरामीले मंगलसेन, धनगढी, सुर्खेत, नेपालगंज, काठमाडौँ र भारतसम्म सजिलै जान पाएका छन् ।

जनयुद्ध कालदेखि नै महिला संगठन र पार्टीमा महत्वपूर्ण जिम्मेवारी पूरा गरिसकेकी जानकीले एम्बुलेन्सलाई प्राथमिकता दिनुका कारण बारे भनिन्, “सामान्य रोग लाग्दा समेत समयमै अस्पताल पुग्न नसकेर अकालमै मृत्युको मुखमा पुग्नुपर्ने यहाँको बाध्यताले मलाई पहिलेबाटै छोएको उनले बताइन् ।

पहिलो कुरा बाच्नु अधिकार हो, जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा मैले स्वास्थ्यलाई प्राथमिकता दिँदै आएकी छु । एम्बुलेन्समात्र होइन मैले स्वास्थ्य सम्बन्धी धेरै काम गरेकी छु ।”सांसद रावलले आफू जनयुद्धको बेला अछामका सबै गाउँबस्तीमा पुगेर जनताको बास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताइन् सो कुरा अखिल क्रान्तिकारी केन्द्रिय सचीवालय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मदन कुमर भुलले जानकारी दिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्