निर्मला पन्तको न्याय माग्दै दाङमा प्रर्दशन



देवी भण्डारी ,
दाङ २० असोज।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आज दाङ लगायत देश भर प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न समेत माग गरेका छन् ।

 


घोराहीको तुल्सीपुर चोकबाट निकालेको र्यालिले बजार परिक्रमा गरी जिल्ला प्रशाशन कार्यलय मार्फत प्रधानमन्त्रीको कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले निर्मला पन्तको हत्यारालाई पहिचान गर्न नसक्दा सरकार आफै लज्जीत भएको भन्दै हत्या बलत्कारमा घटनाको छानविनमा सरकार लागी परेको बताउनु भयो । साथै उहाँले दाङ लगाएत देशैभर यस्ता घटनाहुन नदिन सबैले हालेमालो गर्नु पर्न बताउनु भएको थियो ।

त्यस्तै राष्ट्रिय अभियान अन्र्तगत समग्र महिला हिंसाका घटना तथा बलत्कारका घटनाको विरुद्ध प्रर्दशनमा उत्रियको महिला मानव अधिकार रक्षक संजाल केन्द्रिय सचिव लक्ष्मी आचार्यको भनाई छ । घोराहीमा रहेको सर्वाेदय बालक्लब तथा महिला अधिकार कर्मीहरुको अगुवाईमा प्रर्दशन गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्