सिनेनगरीमा चर्चा पाएका ५ बिषय



सैघाली खबर, २१ असोज ।

चलचित्र नगरी सधै चर्चा र चासोको बिषयमा रहन्छ। यो क्षेत्रमा बिभिन्न कन्ट्रोभर्सी र गसिप बनिरहने गर्दछन्। यो साता पनि यो क्षेत्रमा यस्तै यस्तै बिषयहरुले चर्चा कमाएका छन्। तीनै बिषय मध्ये केहि बिषयमा आज हामि चर्चा गर्न लागीरहेका छौ।

१. निरुता सिंहको ‘लभ स्टेशन’ बाट बहिरगमन
अभिनेत्री निरुता सिंहले धेरै सुपरहिट चलचित्र दिएकी छिन्। उनै निरुता चलचित्र नगरीबाट टाढा भएको निकै लामो समय भैसकेको छ। उनले चलचित्र ‘नाई न भन्नु ल ५’ मा केमियो भूमिका निर्वाह गरेर कमब्याक गरिसकेकी छिन्। चलचित्रमा पूर्ण रुपमा उनि ‘दाल भात तरकारी’ मा अभिनय गरेर कमब्याक गर्दैछिन्। यहि बीचमा उनि चलचित्र ‘लभस्टेशन’ मा जोडिएकी थिइन्। तर हाल उनि चलचित्रबाट बाहिरिएको खबर छ। उनको बाबुको स्वास्थ्य अवस्था खराब भएका कारण उनले चलचित्रमा अभिनय गर्न नसक्ने भएकी हुन्।

२. पारमिताको इन्गेजमेन्ट
अभिनेत्री पारमिता राणा ले भर्खरै आफ्नो २५ औ जन्मदिन मनाएकी छिन्। उनले यो जन्मदिनलाई हरेक तरिकाले बिशेष बनाउने कोशिस गरेकी छिन् । अझ यो बिचमा उनका प्रेमी हिसी लोसांगले जन्मदिनमा लगाईदिएको इन्गेजमेन्ट औठीले अझ बढी चर्चा कमायो। जन्मदिनको केक काट्नु अगाडी हिसीले सवैको सामु उनलाई औठी लगाईदिन्छन्। प्रेमीले औठी लगाईदिदा पारमिता भावुक बनेकी थिइन्। धेरैले यसलाई इन्गेजमेन्टको नाम दिएका छन्। तर पारमिताले यो आफुहरुको इन्गेजमेन्ट नभएको बताएकी छिन्। उनले यसको लागी अझै समय बाँकी रहेको बताएकी छिन्।

३. आयांकाको ट्याटु मोह
प्रियंका कार्की र आयुष्मान देशराज जोशी सर्वाधिक चर्चामा रहने जोडी हो। इन्गेजमेन्ट गरिसकेको यो जोडीको प्रेम र दैनिकीमा सवैको चासो रहने गर्दछ। इन्गेजमेन्ट संगै प्रियंकाले ‘आयांका’ लेखेको ट्याटु बनाएकी थिइन्। अब आयुष्मानले पनि आफ्नो छातीको देब्रो पाटोको तल आयांका ट्याटु बनाएका छन्। यो बिषयले मिडियामा निकै राम्रो चर्चा पाएको छ।

४. सलोन करिश्मा ब्रेकअप
निकै लामो समयबाट प्रेममा रहेका सलोन बस्नेत र करिश्मा श्रेष्ठको जोडीको ब्रेकअप भएको चर्चा रहेको छ। करिव बर्ष दिन अगाडी पनि ब्रेकअप को चर्चामा रहेको जोडी चलचित्र ‘बाबु कान्छा’ रिलिज समयमा प्रेममा रहेको बताएका थिए। तर हाल दुवैको ब्रेकअपको चर्चा रहेको छ। तर धेरैले चलचित्र ‘जय भोले’ र ‘ सुश्री सम्पती’ रिलिजको तयारीमा रहेकाले यसलाई दुवैको पब्लिसिटी स्टन्टको रुपमा समेत हेर्दै आएका छन्।

५. को बन्छ करोडपति नेपालमा
अन्तराष्ट्रिय टिभी रियालिटी शो ‘हु वान्टस् टु बि मिलेनेयर?’को फ्रान्चाइज नेपाल भित्रिएको छ। नेपालमा ‘को बन्छ करोडपति’ नामबाट संचालन हुने कार्यक्रम ‘एपीवान टेलिभिजन’ बाट प्रसारण हुनेछ। छठ पछी सुरु हुने कार्यक्रमलाई महानायक राजेश हमालले सन्चालन गर्नेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्