दाङको घोराहीमा भयानक दुर्घटना, छातिमा रोपियो ३ सरीया



घोराही उपमहानगरपालिका १५ सहिद उमेश मार्गको व्यस्त सडकमा तीब्र गतिमा विपरित दुरीबाट आइरहेका दुर्इ वटा मोटर साइकल एक आपसमा ठोकिदा पैदल यात्री तिला परियारको छातीमा ३ वटा सरिया गाडिएको छ ।
सहिद उमेश मार्गमा लु ३४ प २४२९ र रा ३ प ५२५८ नम्वरको मोटर साइकल एक आपसमा ठोकिएर उछुटिदा पैदल यात्री घोराही ३ कुइरेपानीकी ३८ बर्षिया तिला परियारको छातीमा ३ वटा रड ढाडबाट पसेर छातिबाट निस्किएको छ । स्थानिय प्रत्यक्षदर्शीका अनुसार रा १ त २३२० नम्वरको रोकिराखेको ट्याक्टरमा लोड गरिराखेको रडमा परियार उछिटिन पुगेकी थिइन् ।

गम्भिर घाइते परियारलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको र उपचार सम्भव नभए पनि जिल्ला बाहिर रिफर गरिएको छ । परियारको छातिबाट डाक्टरहरुले रड निकाल्न सकेका छैनन् । प्रहरीका अनुसार लु ३४ प २४२९ नम्वरको मोटरसाइकल अनटेस्ट भएको र उक्त मोटर साइकलका चालक पनि फरार रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्