अब साउन १५ गते अन्तिम फैसला, भरतपुर मुद्दाको सुनुवाई



सैघाली खबर,
काठमाण्डौ, १२ साउन।

। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गर्ने मतदान भन्ने विवादमा सर्वोच्चमा आजपनि सुनुवाई सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

र, अर्को सुनुवाई साउन १५ गते आइतबारलाई तोकिएको छ । आइतबार निवदेक पक्षीय वकिलले बहस गरेपछि सोही दिन फैसला सार्वजनिक हुने अदालतले जनाएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै यसअघि पनि हेर्दाहेर्दैमा राखिएको थियो । पेसी तोकिएर पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुदै आएको छ ।

भरतपुरमा मतगणना गर्दागर्दै मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुत मतदान गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा पुन मतगणनाको आदेश दिन माग गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्