विवेकशील साझा पार्टीले गर्यो बाढीपीडितलाई सहयाेग



सैघाली खबर
राजबिराज ,१३ साउन।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित साबिकको पोर्ताहा–७ महुली खोलाबाट प्रभावित एवम् पीडित भएकालाई बिहीबार राहत वितरण गरिएको छ। महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढीबाट पीडित भएका ८० घरपरिवारलाई विवेकशील साझा पार्टीले राहत वितरण गरेको स्थानीय राजेन्द्र मिश्रले बताए ।

सो पार्टीले प्रतिपीडित परिवारलाई एउटा बाल्टी, तीन प्याकेट चाऊचाऊ, चार केजी चिउरा, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको मिश्रले जानकारी दिए ।

पार्टीका तर्फबाट माधव कुमार, उमानन्द रजकलगायत स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहका सई भवानी ठाकुरको उपस्थितिमा सो राहत वितरण गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्