।नामावलीमा नाम दर्ता गराउने कार्यक्रम जारी



सैघाली खबर
दाङ,१३ साउन।
मनु मगर

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यक्रम जारी रहेको छ । जिल्लाका बिभिन्न स्थानका नागरीकहरु जिल्ला निर्बाचनको कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गराईरहेका छन् .

जस अनुसार हिजो बिहिवार सम्म जिल्लाका ७ हजार ७ सय ८३ जनाले नामावलीमा नाम दर्ता गराएका छन् । जसमा पुरुष संख्या ३ हजार ६ सय ५८ रहेको छ, भने महिला संख्या ४ हजार १ सय २५ रहेका छन् ।

यही साउन एक गतेवाट शुरु भएको नामावली संकलन कार्यक्रम महिना भर जारी रहने जिल्लाको निर्बाचन कार्यालयले जानकारी दिएको छ । १५ गते सम्म जिल्ला निर्बाचन कार्यालय वाट तथा १६ गते बाट ३२ गते सम्म घोराही उपमहाँनगरपालिका बाहेकका स्थानिय निकायबाट नामावली संकलन गरीने जिल्ला निर्बाचन अधिकारी बिजय कुमार कार्कीले जानकारी दिनुभएको छ ।।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्