२४ घन्टासम्म नसुत्ने मान्छेमा पागलपनको लक्षण



 

मान्छेहरु आफ्नो जीवनको लगभग एक तिहाई समय सुतेर बिताउँछन् । निद्रा बिना अन्ततः मान्छेहरु मृत्युबरण गर्छन् या त मानसिक तनावको शिकार हुन्छन् । यो कुरा त स्पष्ट नै छ कि पूर्ण निद्राले मात्रै मानिसको शरीरलाई काम गर्ने उर्जा प्रदान गर्छ । तर, निद्राले आखिर के गर्छ भन्ने तथ्य भने अहिलेसम्म पनि कसैलाई थाहा छैन ।

न्युयोर्कको एक विश्वबिद्यालयका न्यूरोसाइन्टिस्ट माइकल हल्ससेन भन्छन्, ‘यो निकै नै लाजमर्दो छ । उदाहरणका लागि, हामी किन खान्छौं र बालबच्चा हुर्काउँछौं भन्ने स्पष्ट नै छ । तर, हामी किन सुत्छौं भन्ने जिज्ञाशाको स्पष्ट कारण अहिलेसम्म पनि छैन ।’

हामी सुतिरहेका बेला कमजोर हुन्छौं । त्यसैले निद्राले जे गर्छ त्यो मस्तिष्कमा नै ज्यादातर ‘अफलाइन’ भएको हुनुपर्छ । यद्यपि निद्रा किन लाग्छ भन्ने कुनै ठोस प्रमाण छैन । तर, केही यसता सिद्धान्तहरु पनि छन् जसले हरेक रात मानिसहरु किन सुत्छन् भन्ने कुराको अध्ययन गरेका छन् । अनुसन्धानकर्ताका आधारमा यो स्पष्ट प्रतित हुन्छ कि निद्रा मस्तिष्कलाई पुनर्गठन गर्ने क्षमताका लागि महत्वपूर्ण हुन्छ ।

निद्राका चरण

निद्रा महत्वपुर्ण छ भनेर सवित गर्न त्यति गाह्रो छैन । पाइनियोरिङ विश्वविद्यालय सिकागोका निद्रा विशेषज्ञ एलन रेचस्चफेनले मुसामा गरेको एक अनुसन्धान सुनाए । पूर्ण रुपमा सुत्न नदिएको मुसा दुईदेखि तीन हप्ताभित्र मरिसक्ने तथ्य फेला परेको उनले बताए । स्पष्ट कारणका साथ मानव प्रजातिहरुमा यस्तो कुनै अनुसन्धान नगरिएको भए पनि ‘द जर्नल अफ न्यूरोसाइन्स’ले सन् २०१४ मा गरेको एक अध्ययनमा २४ घण्टासम्म नसुतेका स्वस्थ मानिसहरुमा अशान्ती र पागलपनका लक्षणहरु देखा पर्ने तथ्य फेला परेको छ ।

हामी किन सुत्छौं रु यो सम्झन नसक्नुले नै निद्राको अध्ययनमा ठूलो बाधा पुर्याएको छ । वासिंङटन विश्व विद्यालयका न्यूरोसाइन्टिस्ट माक्र्स फ्रेकका अनुसार निद्राको अभाव नै निद्राबारे अध्ययन गर्ने सबैभन्दा सजिलो तरिका हो तर, एक जनावर निद्राबाट बञ्चित हुने हो भने, अन्य जैविक प्रणालीमा पनि बाधा पुग्छ । साथै यो भन्न पनि निकै गाह्रो छ कि निद्राबाट बञ्चित हुनुमा कुन नतिजा जिम्मेवार छ रु

अर्को एक कारण यो पनि हो जसले निद्राको अध्ययन निकै गाह्रो भएको छ । निद्रामा हुँदा मस्तिष्कले भिन्दाभिन्दै दुई फरक कामहरु दुई फरक चरणमा गरिरहेका हुन्छन् । जति–जति रात बढ्दै जान्छ त्यति–त्यति स्लीपर चक्र पनि बढ्दै जान्छ । तिब्र नन आइ मुभमेन्ट ९ल्यल(च्भ्ः० र तिब्र आइ मुभमेन्ट ९च्भ्ः० माध्यमबाट प्राणीहरु सुत्ने गर्छन् । तिब्र नन आइ मुभमेन्टमा ढिलो मस्तिष्क वेबद्वारा चिन्ह लगाइएको हुन्छ जसमा थिटा र डेल्टाजस्ता वेबहरु हुन्छन् । त्यस्तै तिब्र आर्ई मुभमेन्ट भने तिब्र नन आइ मुभमेन्टको ठीक बिपरित हुन्छ । यसमा निद्राको समयमा मस्तिष्कको विद्युतीय गतिविधी धेरै हुने गर्छ । यस्तो परिस्थितीमा मानिसहरु ब्यूँझिरहेका हुन्छन् तर, उनीहरुको मांशपेशीले भने काम गरेको हुँदैन । यदि, तपाईंले कहिले निन्द्रा पक्षघातको समाना गर्नुभएको छ भने तिब्र आइ मुभमेन्टको निन्द्राबाट ब्यूँझिनुभएको हुनेछ ।

हामीलाई निद्राबारे के थाहा छ ?

फ्रेकले गरेको निन्द्राको अध्ययनबाट आएको निष्कर्षले यो केबल एक मस्तिष्क केन्द्रित घटनामात्र रहेको फेला परेको छ । हुन त निद्राको अभावले प्रतिरक्षा प्रणालीमा असर गर्नुका साथै शरीरमा हर्मोनको स्तर परिवर्तन गरिदिन्छ । जसको सीधा असर मस्तिष्कमा पर्न जान्छ ।

फ्रेकले भने, ‘केन्द्रीय स्नायु प्रणाली सधैं निद्राबाट प्रभावित हुन्छ । साथै निद्राले अन्य प्राथमिक प्रणालीहरुमा असर गरे पनि सीधा असर भने मस्तिष्कमै पार्छ ।’

केही प्रमाणका आधारलाई मान्ने हो भने निद्रा वास्तवमा स्नायुकोशिकाको कुनै संजालमा सामेल भएपछि लाग्ने गर्छ । यो भन्नुको अर्थ जब, एउटा स्नायुकोशिका कुनै अर्को स्नायुकोशिकासँग मिल्छ तब प्राकृतिक रुपमा निन्द्रा लाग्ने गर्छ ।

फ्रेकले थपे, ‘हाम्रोजस्तो जटिल मस्तिष्क भएकाहरुमा निद्रा कहिले लाग्ने र कहिले नलाग्ने हुन्छ जुन निकै हानिकारक हुन्छ । त्यसैले तपाईंसँग यसलाई व्यवस्थापन गर्ने तरिका हुनु जरुरी छ ।

सुत्दा के हुन्छ ?

वास्तवमा निद्रा प्राकृतिक रुपमा स्नायुकोशिका सञ्जालको सम्पत्ति नै हो भन्दा पनि हुन्छ । यसबाट निद्राको समयमा वास्तवमा के हुन्छ भन्ने बुझ्न गाह्रो हुन्छ । निद्राको विषयमा वैज्ञानिकहरुसँग धेरै सिद्धान्तहरु छन् । स्लिप मेडिसिन जर्नलले २०१६ मा गरेको एक समीक्षालाई आधार मान्दा निद्राले मस्तिष्कको उर्जालाई पुनःस्थापित गर्छ । तिब्र नन आई मुभमेन्ट ९ल्यल(च्भ्ः०मा सुत्दा मानिसको शरीरले उठेको समयमाभन्दा आधामात्र ग्लुकोज खर्च गर्छ ।

तर, यदि सुत्दा मस्तिष्कको उर्जालाई पुनःस्थापित हुने भए मस्तिष्कको उर्जा उपयोग र निद्राबीच सम्बन्ध निकै जटिल हुन्छ । अर्को बिचार यो पनि हो कि मस्तिष्कले जागा हुँदा उत्पादन गरेको फोहोर निद्राले हटाउने गर्छ । फ्रेकले भने, ‘निद्रामा हुँद मस्तिष्कले जागा हुँदा उत्पादन गरेको फोहोर हटाउन्छ ।’
भविष्यमा निन्द्रालाई राम्रोसँग बुझ्न ग्लिया कोशिकाको प्रयोग गर्न सकिने पनि फ्रेकले बताएका छन् । ग्लिया कोशिका मस्तिष्क कोशिकाको शाब्दिक नाम हो । ग्लिया कोशिकाले स्नायु कोशिकाको सञ्जाललाई तीन गुणा बढाउने उनले बताए । ग्लिया कोशिकाले मस्तिष्कबाट सेरेब्रोस्पिनल नामको तल पदार्थलाई नियन्त्रण गर्छ । ग्लिया कोशिकाले के गरिरहेको छ भन्ने थाहा पाए पनि निद्रा के हो भन्ने तथ्य बुझ्न सजिलो हुने फ्रेकले बताए । लिभसाइन्सबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्