टमाटरसँग मायाँ बस्यो वडा अध्यक्ष अर्यालको



बलराम बुढाथोकी
बारी भरी हरियाली टमाटर । झट्ट हेर्दा पर्यटकीय स्थल जस्तो लाग्ने । लटाराम्म फलेका टमाटरहरु । अझ आधुनिक तरिकाले गरिएको टमाटार खेति हेर्दा यही टमाटर खेतिमा नै भुलौं जस्तो लाग्छ । यस्तो मनोरम स्थल छोडेर कतै टाढा नजाउँ जस्तो लाग्ने दृष्य हो घोराही उपमहानगरपालिकाको १८ नम्बर वडा ।

यस वडाका वडा अध्यक्ष भरत अर्याल अम्बिकेश्वरी कृषक समूहको साधारण सदस्य हुन् । उनी वडाको प्रतिनिधि हुनु भन्दा पहिला टमाटर खेतिमा रम्ने गरेका थिए । कृर्षि क्षेत्रलाई माया गरे कृषको मन जिते अनि बने वडाको अध्यक्ष । अहिले कृषको लागि भनेर विभिन्न खालका योजना ल्याइरहेका छौं ।

वडा अध्यक्ष अर्यालले भने–“हाम्रो उद्देश्य भनेको कृर्षिलाई व्यावसायिकता बनाउनु हो । यसको लागि हामीले पहिला देखिनै काम गर्दै आएका थियौं । अब त वडाकै प्रतिनिधि भएको छु र वडालाई कृर्षि व्यवसायले चिनाउँन चाहान्छु ।” बिगत ५ वर्ष अगाडीबाट यस वडाका किसानहरुले करिव एक सय विगामा टमाटर खेति सुरु गरेका हुन् । पहिला मकै, तोरी, गहुँ जस्ता खेति एक सिजन मात्र हुने र अरु मौसममा जग्गा बाँजो रहने भएकोले किसानहरुलाई खान नै पुग्दैन थियो ।

सिचांइको राम्रो व्यवस्था भएकोले कृषकहरुमा खेतिको स्वरुप परिवर्तन गर्ने मनसाय उत्पन्न भयो । प्रसस्त सिचाँइको व्यवस्था भएपछि टमाटर खेति तर्फ किसान लागे । यो खेति बाह्रौ महिना गर्न सकिने र यसबाट नगत प्राप्त हुने हुँदा यस खेतिप्रति किसानको आकर्षण झन बढ्दै गयो ।
वडा अध्यक्ष अर्यालका अनुसार टमातर खेतिबाट मनग्य आम्दानी गर्न सकिने र यसबाट प्राप्त रकमले छोराछोरीको पढाइमा सहयोग पुग्ने भएकाले यस खेतिप्रति किसानको आकर्षण बढेको हो । किसानलाई आवश्यक पर्ने विउ विजनको व्यवस्था स्थानीय स्तरमै उपलब्ध गराउने वडा अध्यक्ष अर्यालले जानकारी दिएका छन् ।

अर्यालका अनुसार कृषकहरुलाई आवश्यक पर्ने कृर्षि सामग्रीहरु कृर्षि समूहको सिफरिसमा वडाले व्यवस्था गर्ने छ । अर्यालले भने–“कृषकहरुले उत्पादन गरेका टमाटरहरुको बजार व्यबस्थापन अम्बिके स्वरी कृषक समूह, मिलिजुली कृषक समूह र अर्गानिक तरकारी खेति समूहले गरिरहेका छन्, यी कृषक समूहले कृषककालागि आवश्यक पर्ने सामग्रहरुको सिफरिस गरेमा हामीले उपलव्ध गराउने छौं ।”


कृषकले उत्पादन गरेका टमाटरहरुको मुख्य बजार दाङ, पोखरा, चितवन र काठमाडौं रहेको छ । टमाटर खेतिबाट किसानले महिनामा ९ देखि १२ हजार सम्म कमाइरहेका छन् । किसानहरुलाई सहयोग गरेको भन्दै एशियाली विकास बैंकको सहयोगमा रिजम सहकारी संथाले मिलिजुलि कृषक समूहलाई १४ लाख अनुदान उपलब्ध गराएकोे छ ।

वडाले किसानहरुकालागि अवलोकन भ्रमणको पनि व्यवस्था गरेको छ । किसानहरुलाई कृर्षि क्षेत्रको अवलोकन गर्नकालागि विभिन्न स्थानहरुमा लाने गरेको छ । त्यसकोलागि आवश्यक पर्ने खर्चको व्यवस्था र आवश्यक तालिमको व्यवस्था समेत वडाले नै गर्ने वडा अध्यक्ष अर्यालले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्