ईन्पेक्टर पाण्डेयले गरे पत्रकारलाई दुर्व्यवहार र लाठी चार्ज , भालुबाङ



दाङ, पुस ८ । ईलाका प्रहरी कार्यालय भालुबाङका ईन्पेक्टर रविन्द्रराज पाण्डेयले देउखुरीका तीन जना पत्रकारलाई दुब्र्यहार गर्नुको साथै खिचिएको भिडियो डिलिट गरेका छन् । साथै अर्को एक जना पत्रकारमाथी लाठी चार्ज गरेका छन् ।

गोरु तस्करीको विषयमा सुचना संकलनका लागि लमही नगरपालिका वडा नं. ७ बनघुस्री पुगेका गणतन्त्र दैनिकका लमही प्रमुख शिवु खनाल र देउखुरी एफएमका स्टेशन म्यानेजर शिवराज खनाललाई ईलाका प्रहरी कार्यालय भालुबाङका ईन्पेक्टर पाण्डेयले दुब्र्यवहार गरेका हुन् । यस्तै प्रदेश टुडेमा कार्यरत प्रियास्मृति गजमेरलाई लाठी प्रहार गरेको पत्रकार शिवु खनालले जानकारी दिनुभयो ।

पत्रकार शिवराज खनालका अनुसार पाण्डेले क्यामरा खोसेर भिडियो र फोटोहरु डिलिट गरेका हुन् । गोरु लोड गरिएका ६ वटा ट्रकहरुको भिडियो र फोटोहरु क्यामराबाट डिलिट गर्नुको साथै १५ मिनेट भन्दा बढि क्यामरा कब्जामा लिएर पत्रकारहरुको घाँटी समेत समाएर ईन्पेक्टर पाण्डेयले दुब्र्यवहार गरेका थिए ।

पाण्डेयले पत्रकारहरुबाट प्रेस आईडी समेत आफ्नो कब्जामा लिएको पत्रकार खनालले बताउनुभयो । ईन्पेक्टर पाण्डेयले भने कुनै पनि प्रकारको दुव्र्यवहार नभएको बताउनुभयो । सुरक्षाका लागि सामान्य विवाद भएपनि त्यसलाई दुव्र्यवहार भन्न नमिल्ने ईन्पेक्टर पाण्डेयले बताउनुभयो ।

केहि समय देखि देउखुरीबाट गोरु तस्करी बढेको छ । सोही क्रममा ६ वटा ट्रकमा लोड गरिएको अबस्थामा स्थानियहरुले फेला पारेपछि त्यहा पत्रकारहरु पुगेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्