मानिसलाई लाग्ने घातक रोग उसको आनिबानी, खानपान र आहार बिहारकै कारण हो । हामी गर्छै वा जे खान्छौ त्यो खान वा गर्न नजाने त्यसैले ज्यान लिन्छ । हुन त सबैको घरमा हुने सामान्य प्रक्रिया हो एक समय पकाएको खाना फेरि तताएर खानु ।
यो सामान्य लागेपनि कतिपय खानेकुरा फेरि तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन्, जुन पुनःतताएर खाँदा क्यान्सर जस्तो भयानक रोगको समेत खतरा हुन्छ । आज हामी त्यस्ता खाने कुराको बारेमा जानकारी दिन्छौँ ।
कुखुराको मासुः कखुराको मासुलाई दोहोराएर तताएर खानु हानिकारक हुन्छ किनकनी यसमा पाइने प्रोटिन कम्पोजिशन पुनः तताउँदा बदलिन्छ, जसको कारण पाचन सम्बन्धी समस्या हुन्छ ।
आलुः तरकारीको राज मानिने आलुलाई स्वास्थ्यबर्धक मानिन्छ । आलुको परिकारलाई लामो समयसम्म राख्दा यसमा भएको पोषक तत्व नास भएर जान्छ साथै आलुको परिकारलाई पुनः तताएर खाँदा पनि पाचन सम्बन्धि समस्या देखिन्छ ।