जिन्सको पाइन्ट लगाउनुहुन्छ ? होस गर्नुस् नसासम्बन्धी समस्या होला !



अहिले जिन्सको कपडाको प्रयोग नगर्ने मानिस नै हुँदैन भन्दा फरक पर्दैन । विभिन्न डिजाइनका जिन्सका पाइन्ट र ज्याकेटहरु लगाउने युवा पुस्ताको ठूलो जमात रहेको छ । आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ ।

तर जिन्सको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिन जरुरी छ । कसिला खालका जिन्सका कपडा प्रयोग गर्दा नसा सम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।

जिन्स लगाउँदा र किन्दा निम्न कुरामा ध्यान दिन जरुरी छ । धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ ।

टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ । टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ । लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ ।

जिन्स खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु

-बजारमा दुई दर्जनभन्दा बढी जिन्सका ब्रान्ड छन् ।

-जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ ।

-टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ ।

-जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ । काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्