शिक्षा सुधारगरे समाज आफैं बन्छ मुख्य मन्त्री –पोखरेल



जनक नेपाली
दाङ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले शिक्षा निती सुधार गरे समाज आफै बन्ने बताउँनु भएको छ । माबि रझेना दाङको ६१ औ बार्षिकत्सवका अबसरमा बोल्दै मुख्य मन्त्री पोखरेलले यस्तो बताउँनु भएको हो । बार्षिकउत्सवका अबसरमा बोल्दै मुख्य मन्त्री पोखरेलले शिक्षाले समाजको परिवर्तित आकाङक्षा पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षा बर्र्ग विभाजनको कारक बनेको वताउँदै सामुदायिक विद्यालय सुधार अहिलेको मुख्य आबश्यकता बनेको वताउँनुयो ।

आमा बा ले दिने मुख्य सम्पति भनेकै शिक्षा मात्र भएको भन्दै अन्य भौतिक सम्पति नाशवान रहेको उल्लेख गर्नुभयो । ६१ औ बार्षिकत्सवका प्रमुख अतिथी समेत रहनु भएका मुख्य मन्त्री पोखरेलले समाजको भविश्य माथि सोच्ने हो भने सामुदायिक विद्यालयको शिक्षा निति सुधार गर्नु अहिलेको मुख्य चासोको बिषय बनेको उल्लेख गर्नुभयो । एक अर्काे प्रसंगमा बोल्दै मुख्य मन्त्री पोखरेलले संघीयताले खर्च भढाएको भन्दै समाजमा भ्रम छर्ने काम गरेको उल्लेख गर्नुभयो ।

संबिधान जारी भएसंगै नेपालमा ६ दशमलव ५ प्रतिशतका दरले विकास भएको बताउँदै अब नेपालको आर्थिक बिकास त्रिब गतिमा हुने उल्लेख गर्नुभयो । कार्यक्रमम बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले समाजको आबश्यकतामा पुरागर्ने पढाई बिद्यालयले संचालन गरेको वताउँनुभयो । विद्यालयको पढाई प्रविधीसंग जोडेको भन्दै अध्यक्ष गौतमले समाजको आबश्यकताका आधारमा विद्यालयको शिक्षा परिमार्जित गर्दै लैजाने बताउँनुभभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । बार्षिकत्वसका अबसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्