सुत्केरी गराउन १२ हजार



दाङ । निशुल्क प्रदान हुदै आएको सेवामा समेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुल्क लगाउने भएको छ । आज मंगलवारबाट सुत्केरी गराउन तीनदेखि १२ हजारसम्म शुल्क लिने बताएको छ ।मंगलवार जनवरी १ देखि भारी शुल्क बृद्धि गर्ने लागेको हो ।

जसअनुसार अहिले २५ रुपैयाँ रहेको ओपिडीको शुल्क एक सय र ३० रुपैयाँ रहेको इमरेजेन्सीको शुल्क २ सय पु¥याइएको छ । अब सामान्य सुत्केरी हुँदा पनि तीन हजार शुल्क तिर्नुपर्ने भएको छ । त्यस्तै जटिल प्रकृतिको सुत्केरीका लागि पाँच हजार र शल्यक्रियाबाट सुत्केरी गराउँदा १२ हजार शुल्क तिर्नुपर्ने भएको छ ।

यस्तो छ शुल्कबृद्धिको सूचि

सुत्केरी भत्ता रोकियो
यस्तै गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरीको पोषण भत्ता रोकेको छ । सुत्केरीले आमा सुरक्षा कार्यक्रम अन्तरगत पाउँदै आएको पोषण भत्ता रोकिएको हो । यसअधि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी हुन आउँने महिलालाई एक हजार देखि १८ सय सम्म दिदै खाएको थियो । बजेट अभाब हुदा प्रतिष्ठान संचालन गर्न समस्या भएको भन्दै सुत्ेकरी भत्ता कटौति गरेको प्रतिष्ठानले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्