आमा बेपत्ता भएपछि छोराको बिचल्ली– छोरी खोजी दिन आमाको आग्रह



दाङ। तुलसीपुर उपमहानगरपालिका–१० की कुमारी पिमा वली केसीले छोरीको खोजी गरिदिन आग्रह गर्नुभएको छ । गत कार्तिक २७ गतेदेखि छोरी सुशीला खड्का बेपत्ता भएकाले खोजी कार्यमा सहयोग गरिदिन आमा कुमारी पिमाले सबैमा आग्रह गर्नुभएको हो । कुमारी पिमाले बुधबार प्रेस विज्ञप्ति जारी गरी कार्तिक २७ गतेदेखि छोरी बेपत्ता भएको भन्दै खोजी गर्दा कतै पनि फेला नपरेकाले खोजी कार्यमा सहयोग गरिदिन प्रहरी प्रशासन, अधिकारकर्मी पत्रकार सबैमा आग्रह गर्नुभएको छ ।


‘छोरी सुशीला खड्का नाबालक नातिनी भावना खड्कासहित कार्तिक २७ गते हराएकी छ । जति खोज्दा पनि कतै फेला पार्न सकिएको छैन । प्रहरी प्रशासन गुहार्दा पनि सुनुवाई भएको छैन’, ‘छोरी हराएको १ महिनापछि जुवाइँ पनि बेपत्ता हुनुभएको छ ।

घरमा नाति अलपत्र परिरहेको छ ।’छोरी खोज्नका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय घोराही धाउँदा धाउँदै हैरान भएको भन्दै बाध्य भएर सञ्चारको शरणमा आएको भन्दै आमा कुमारी पिमाले फेला पार्नेले ९८४७८१३२७० मा सम्पर्क गरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्