विकास निर्माणको कामले तिव्रता पाउँने प्रम ओलीको दावी



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने दवी गर्नभएको छ । झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधी र प्रशासकीय अधिकृतहरुसँगआज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुराजानकारी दिनु भएको हो ।

प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताउनुभएको छ । “यस्ता द्विविधाले पुराना भन्दा नयाँ नयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो ”प्रधान मन्त्रीओलीले भन्नुभयो ‘अब कस्ता योजना कस्ले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तिव्रताका साथ अगाडि बढ्छन् ।’

प्रधानमन्त्री ओलीको गृह नगर दमकका प्रसासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगतिबारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको छ । दमक सभाहल निर्माणाधिन अवस्थामा रहेको, पशुहाट बजार केन्द्र सम्पन्न भएको ,दमक भू टावरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको यसका लागि ५ विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उल्लेख छ । दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराउनुभयो ।

यसैगरी दमक ३ मा निर्माण हुने विश्व कै अग्लो बुद्धको मूर्तीका लागि ७ विगाहा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको , २० विगाहा जग्गा प्राप्तीका लागि झापा जिल्लाबाट सिफारीस गरी पठाएको तिम्सिनाले उल्लेख गर्नुभयो ।

सो आयोजनाको डिपिआर तयार भएको र दमकनगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक समन्वय र पहलगर्न नगर प्रमुखको संयोजकत्वमा एउटा समितिबनाएको तिम्सिनाले जानकारी गराउनुभयो । यसैगरी दमकनगरपालिकाले सञ्चालन गरेका नगरपालिका भवन,शहिद बनबाटिका, घण्टाघर सहितको रोज गार्डेन ,विपन्नका लागि नमुना आवास गृह निर्माण, सुनचाँही टावर निर्माण आदिका बारेमा भएको प्रगति तिम्सिनाले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधी मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल साँसद पवित्र निरौला खरेल, पूर्व साँसद दिपक कार्की ,जिसस झापाका संयोजक सोमनाथ पोर्तेल दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली,नेकपाका नेताहरु चिन्तन पाठक,गगन पुरी लगायत सहभागीहुनुहुन्थ्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्