प्रतिष्ठानका कर्मचारीले तलव पाएनन्



जनक नेपाली
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले तलव नपाउँदा समस्यामा परेका छन् । प्रतिष्ठानमा कार्तरत ती कर्मचारीले झण्डै ७ महिना देखि तलव नपाएको गुनासो व्यक्त गरेका हुन । साबिकको राप्ती उपक्षेत्रिय अस्पताल विकास समितिबाट नियुक्त ८० जना कर्मचारीले तलब नपाएको कर्मचारीले वताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा अस्पताल विकास समितिका कर्मचारी स्वतःप्रतिष्ठानको मातहत आउँने भनिएको छ । प्रतिष्ठानको मातहत ल्याउँन आग्रह गरेको छ । करारमा नियुक्त भएका कर्मचारीले असोज देखि तलब नपाएको कर्मचारी हेमराज गौतमले बताउँनुभयो ।

अस्पतालमा काम गर्न थालेको दश बर्ष बित्यो तर अहिले सम्म सेवा सुविधा पाएका छैनौ गौतमले बताउँनुभयो ।अस्पतालको पुनःस्थापना गर्न गृहमा कार्यरत दश जना कर्मचारीले पनि तलब नपाएको कार्यालय सहयोगी सिता चौधरीले बताउँनुभयो । समयमै तलव नपाउँदा परिवार चलाउँन निकै मुस्किल परेको चौधरीको भनाई छ । छोरा–छोरीको स्कुल शुल्क तिर्न नै समस्या भएको उहाँको भनाई छ ।परिवारको गर्जाे टार्न समेत मुस्किल भएको बताउँदै तत्काल तलब दिन उहाँले आग्रह गर्नुभयो । प्रतिष्ठानका उपकुलपति भण्डारीले केन्द्रबाट अख्तियार नआए पनि तलव खुवाउँने जानकारी दिनुभयो ।

 


विद्यार्थीद्धारा बिरोध प्रर्दशन
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै आफ्नो सेवामा बृद्धि गरेको अत्याधिक शुल्क बिरुद्ध दाङको घोराहीमा विद्यार्थीहरुले बृहत प्रर्दशन गरेका छन् ।घोराहीका विभिन्न कलेजबाट सहभागी विद्यार्थीहरुले शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग समेत गरेका छन् । ।अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त व्यानरमा हजारौं विद्यार्थीहरु सहभागि भएका थिए । घोराहीको रझेना चोकबाट शुरु भएको जुलुशका विद्यार्थीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर चर्काे नारावाजी गरेका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुल्कबृद्धि फिर्ता गर, भ्रष्ट उपकुलपति संगिता भण्डारी राजिनामा दे, निशुल्क सुत्केरी सेवा सुचारु गर, जनताको निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर, गरिबले पनि बाच्न पाउने अधिकार ग्यारेण्टी गर लगायतका नारा लगाएका थिए । उपकुलपति भण्डारी बस्ने प्रतिष्ठानको मुख्य कार्यालय गेटमा केही बेर नारावाजी गरेर विद्यार्थी पुनः ट्राफिक चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोण सभा गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्