खाना खाँदा पानी पिउनु फाइदा कि बेफाइदा ? जान्नुहोस् …..



काठमाण्डौ । खाना खाँदाखेरी पानी पिउने कि नपिउने भन्ने विषयमा दुईमत पाइन्छ । खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।

तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन । त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ ।

 

तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन । खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ ।

पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन । यससम्बन्धमा अझ बढी जानकारी लिनका लागि पोषणविद्सँग सम्पर्क गर्नुहोला । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्