थाहापाउनुहोस् यौनसम्बन्धि रोचक तथा रमाइला घटनाहरू



यौन मानव जीवनको एउटा पाटो हो । यसप्रति धेरै मानिसको चासो हुन्छ । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ । यौन अपरिहार्य पक्ष हाे । यौनका घटनाहरूमध्ये कति घटनाहरू रमाइला तथा सुन्दा रोचक हुन्छन् । अनुसन्धानकर्ताहरूले पत्ता लगाएका यौनका केही रोचक कुराहरू यहाँ प्रस्तुत गरिएकाे छ ।

विश्वमा करिब एक दिनमा १० करोड मानिसहरूले यौन सम्पर्क गर्ने गर्छन् । पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।

हाम्रै घरआँगनमा पाउने फलफूल जस्तैः आँप, केरा, स्ट्रबरी,फर्सीको बियाँ, गेडागुडी, खरभुजा, खोर्सानी, मरिच, स्याम्पेन र चकलेटजस्ता खाद्य पदार्थहरूले मानिसको यौन क्षमता बढाउँछ ।

 

धेरै यौन सम्पर्क गर्नेमा अमेरिकाका र ग्रीकका नागरिक अगाडि छन् । अमेरिकी नागरिकले एक वर्षमा औसतमा १ सय २४ पटक र ग्रीकका नागरिकले एक वर्षमा औसतमा १ सय १७ पटक यौन सम्पर्क गर्ने गर्छन् ।

एक कन्डम निर्माता कम्पनी डुरेक्सको अध्ययनअनुसार मानिसहरू औसतमा दैनिक रूपमा ०.२८, हप्तामा १.९८ र वर्षमा १ सय ३ पटक यौन सम्पर्क गर्छन् ।

जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा कम हुन्छ ।यौन सम्पर्क गर्दा पुरुषको ७७ देखि १ सय ५५ क्यालोरीसम्म शक्ति खर्च हुने गर्छ भने महिलाको ७० देखि १ सय २० क्यालोरी मात्र खर्च हुने गर्छ ।

अध्ययनले बताएअनुसार पुरुष एक वर्षमा औसतमा सपना देखेर ९ पटक मानिस उत्तेजित हुने गर्छ ।
मृत्युबारेमा बढी सोचिरहने पुरुषले बढी बच्चा जन्माउने इच्छा व्यक्त गर्छन् ।

यौनिक रुपमा सक्रिय मानिसमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनै सुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।हप्तामा दुई वा तीनपटक सेक्स गर्ने व्यक्तिको अन्य व्यक्तिको भन्दा रोग प्रतिरोधात्मक क्षमता स्वत बढी हुने गर्दछ ।

श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् । तर, लोग्नेले आफूमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।पटक-पटक सम्भोग गर्ने पुरुषको दारी औसतभन्दा धेरै बढ्ने गरेको पाइएको छ ।

एक खोजका अनुसार, सिगरेट नपिउने व्यक्तिको सेक्सप्रतिको इच्छा, आनन्द र सन्तुष्टि पिउने व्यक्तिको भन्दा धेरै हुनेगर्छ ।
एक खोजका अनुसार, जो केटाक्याम्पस पढ्ने उमेरमा सेक्समा लिप्त रहन्छ, उ प्रायः डिप्रेशनको सिकार हुन्छ । जबकि सेक्स नगर्ने केटा विद्यार्थीहरु नर्मल हुने गर्दछन् ।

रोमान्टिक उपन्यास पढ्ने केटीहरुले पुस्तकहरु नपढ्ने केटीहरुको तुलनामा सेक्सको अझ बढी आनन्द उठाउन सक्छन् ।
एक सोधका अनुसार, ७५५ जापानी महिलाहरुसंग भाईब्रेटर हुन्छ जुन उनीहरु सेक्स सन्तुष्टि पुरा गर्नका लागि प्रयोग गर्दछन, यो प्रतिशतका हिसाबले धेरै हो ।

सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ ।

पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।

पुरुषको यौनांगको औसत लम्बाई ५.६ इन्च हुन्छ, हालसम्म रेकर्ड गरिएको सबैभन्दा लामो १३.६ इन्चको हो छ भने सबैभन्दा सानो १ सेन्टिमिटर हो ।

एउटा सर्वेका अनुसार, ६० प्रतिशत पुरुषहरु यो चाहन्छन कि सेक्सको लागी पहिला महिलाले प्रस्ताव राखुन । पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।

टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको शरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । शरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्झिन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।

सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।

 

एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।
सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहन्छ ।

अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।
विश्वमा करिब ४२ लाख पोर्न वेबसाइट रहेका छन् र त्यसमा दसौं लाख पोर्नसम्बन्धी भिडियोहरू राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्