गाडी खरिदमै सकियो चार करोड



दाङ । प्युठानका जतप्रतिनिधीहरुले गाडी खरिदमै चार करोड रुपैयाँ खर्च गरेका छन् । जिल्ला स्थित नौ वटा स्थानीय तहका प्रमुख,उप–प्रमुख र कार्यालय प्रमुखहरुले मोटो रकम गाडी खरिदका लागि प्रयोग गरेका हुन । उनिहरुले विकास रकम खर्च खर्चेर र महंगा गाडी र मो टरसाइकल खरिद गरे को  पाइएको  छ । झिमरुक गाउँ पालिका बाहे क सबै स्थानीय तहका   प्रमुख–उपप्रमुखले सुुविधा सम्पन्न स्कार्पियो  किने का हुन । यसका साथै वडाध्यक्षले भने हे भी मो टरसाइकल खरिद गरे का छन । प्युठान नगरपालिका प्रमुखले भने पुरानै गाडी प्रयो ग गर्दै आएका छन् । यस्तै मल्लरानी गाउँपालिकाले  ५४ लाखमा स्कार्पियो  किने को  प्रशासकीय अधिकृत शो भाराम रिजालले  बताए ।

सरुमारानी गाउँपालिले पनि अध्यक्षका लागि झण्डै  ४५ लाख रुपै यामा टाटा गाडी सहित अर्काे मो टरसाइकल पनि खरिद गरिएको  छ । यस्तै गौ मुखी गाउपालिकाका अध्यक्ष विष्णु गिरीले  ४० लाखको  स्कार्पिआ र सात वटा वडा अध्यक्षका लागि पल्सर मोटरर्साकल खरिद गरिएको छ ।   माण्डवी गाउपालिकाले  ३७ लाख ५० हजार रुपै याँमा स्कार्पियो  र वडाध्यक्षहरूका लागि पल्सर मो टरसाइकल किने को  सूचना अधिकारी ज्यो तिप्रकाश पौ डे लले  बताए ।


स्वर्गद्वारी नगरपालिकाले  यसैवर्ष ४० लाख रुपै यामा महे न्द्रा स्कार्पिओ  किने को  छ । पहिले  सचिवले  प्रयो ग गरे को  मो टरसाइकल वडाध्यक्षले  प्रयो ग गरिरहे को  स्वर्गद्वारी नगरपालिकाका प्रमुख ने त्रबहादुर रो कायले  बताए । त्यस्तै  नौ  बहिनी गाउँपालिकाले  ३७ लाख ५० हजार रुपै यामा महे न्द्रा स्कार्पिओ  किने को  छ । भने आठवटा  वडामा मोटरसाइकल खरिद गरिएको  प्रमुख प्रशासकीय अधिकृत थाने श्वर भण्डारीले   जानकारी दिएका छन् । झिमरुक गाउँपालिकाले  भने  महिनामा ९८ हजार रुपै याँ तिरे र भाडाको  गाडी प्रयो ग गर्दै आएको छ । गाउँपालिका अध्यक्ष तिलक जिसीका अनुसार झिमरुकका आठवटै  वडामा दुई लाख ४० हजार मुल्यका मो टरसाइकल गरिद गरिएको छ । यस्तै ऐ रावती गाउँपालिका पनि गाडी खरिदको लागि प्रकृया सुरु गरेको   गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्ने तले  बताए ।

जनप्रतिनिधिको  से वा–सुविधाकालागि किनिएका सवारी साधनको  इन्धन र मर्मत खर्च कार्यालयबाटै  व्यहो र्ने  गरिएको  छ । यसका साथै पछिल्लो समयमा जनप्रतिनिधि चढ्ने  सवारी साधन दुरुपयो ग समेत हुदै आएको स्थानीयले वताएका छन् । स्थानीय सरकारका प्रमुखहरु चढ्ने  गाडी कार्यालय आउजाउमा मात्रै  नभई पार्टी बै ठक, घरायसी प्रयो जन र अन्य कार्यक्रमका लागि पनि प्रयो ग हुने  गरेका छन् । सरकारी कार्यालयको गाडी दुरुपयोग हुन थालेपछि जिल्ला प्रशासन कार्यालय प्युठानले    सूचना जारी गरे को  छ । जिल्ला प्रशासनले  सूचना जारी गर्दै  जिल्ला स्थित स्थानीय तह र सरकारी कार्यालयहरुले  जिल्लाभित्र सार्वजनिक बिदाको  दिन र जिल्ला बाहिर सरकारी सवारी साधन चलाउदा अनिवार्य रुपमा कार्यालयबाट स्वीकृत लिएर मात्र प्रयो ग गर्न प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गै रे ले  आग्रह गरेको छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्