राति निद्रा लागेन ?अपनाउनुस् यी उपाय, केही क्षणमै लाग्छ निद्रा



कामको बोझ वा तनावका कारण प्रायःलाई निदाउन समस्या हुन्छ । समयमै निदाउन नसकेका कारण विभिन्न रोगले च्याप्ने गर्छ ।अघिल्लो दिनमा राति निदाउन नसके भोलिको दिन समेत खराब हुने गर्छ । जसको कारण शरीरमा थकान, शरीर दुख्ने र आँखा पोल्ने लगायतका समस्या हुनसक्छ ।


बेडमा बसेर धेरै समय निदाउन कोशिस गरेपनि निदाउन नसक्दा रातभरी जाग्राम बस्ने पर्ने अवस्था हुन्छ ।  यदि तपाइँलाई पनि यस्तो समस्या छ भने यी निम्न प्रकारका उपायहरु अपनाउँदा समयमै निदाउन सहयोग गर्छ ।

यी उपायहरु जुन प्रयोगबाट उपयोगी सिद्ध भएका छन् । यसो गर्दा रातिमा निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ । यसको लागि कुनै प्रकारको औषधीको प्रयोग बिना नै निदाउन सकिन्छ । त्यसको लागि तल दिइएको टिप्सलाई नियमित अपनाउनुपर्ने हुन्छ ।

-राति निद्रा नलाग्ने समस्याबाट बच्न यी उपायहरु अपनाउनुहोस् ।

-सबैभन्दा पहिला ठूलो आवाज निकालेर मुखबाट सास छोड्नुपर्छ

-मुख बन्द गरेर नाकबाट बिस्तारै बिस्तारै सास लिनुपर्छ । आफ्नो सासलाई ७ अंकसम्म गन्ती गन्ने र ८ गन्ती गर्दासम्म सासलाई बिस्तारै बाहिर छोड्नुपर्छ ।

-यो सकिएपछि फेरि सास भित्र तान्ने र यो प्रक्रिया चारपटकसम्म दोह–याउनुपर्छ ।

यसो गरिरहँदा लामो सास तान्दै छोड्दै गर्नुपर्छ । यसबाट तपाइँको दिमाग शान्त अवस्थामा पुग्छ । यसो गर्दा केही क्षणमै निद्रा लाग्ने गर्छ ।

यदि तपाइँ आँखा बन्द गरेर ध्यान केन्द्रित गरेर बस्नुभयो भने केही रंगीन चीज देख्न सकिन्छ । यसलाई ‘फास्फिन्स’ भन्ने गरिन्छ । आफूलाई शान्त बनाएर त्यसलाई हेर्दै गर्नुभयो तपाइँलाई निद्रा लाग्न सहयोग गर्छ । यसपछि बिस्तारै सास लिनुस् ।

बेडमा बसिरहेका बेला धेरैपल्ट कोल्टे फेर्नुहुँदैन यसले तपाइँलाई अस्थीर बनाउँछ । र, निदाउन गाह्रो हुन्छ ।
निदाउनुभन्दा अघि शरीरलाई एक शान्त स्थितिमा पु–याउनुपर्छ ।

-सुत्दा सिरानी नरम खालको हुनुपर्छ ।

-सुत्ने कोशिस गरिरहँदा घडी हेर्ने नगर्दा राम्रो । घडी हेरिरहँदा धेरैसमय निदाउन नसकेको आभास हुन्छ । यसले तपाइँलाई झन् निदाउन गाह्रो हुन्छ ।

-आँखाको परेला छिटोछिटो झिम्काउनुुस् । निदाउन समय लाग्नु भनेकै आँखा थकित हुनु हो ।

-सुत्ने प्रयास गरिरहँदा पानी अत्याधिक पिउनु हुँदैन ।

-सुत्ने समय परिवर्तन गर्नुहुँदैन । यसले तपाइँको निदाउन समस्या हुन्छ ।

-निदाउनको लागि नाकबाट ४ सेकेण्डसम्म लामो सास तान्ने , ७ सेकेण्डसम्म रोक्ने र ८ सेकेण्डसम्म बिस्तारै सास छोड्ने गर्नुपर्छ ।

-कसैलाई पुस्तक पढ्ने र संगीत सुन्दा निदाउने हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्