घोराहीमा चिया र उखुको जुस एउटै मूल्यमा



गोविन्द खड्का, घोराहीमा चिया र उखुको जुस एउटै मूल्यमाघोराहीमा चिया र उखुको जुस एउटै मूल्यमागोविन्द खड्काघोराही २३ पुस एक कप चियाको मुल्य २० रुपैयाँ पर्छ । घोराहीमा उखुको जुस २५ रुपैयाँमा एक गिलास पाईन्छ । चिया सानो गिलास वा कपमा हुन्छ । उखुको जुस प्लाष्टिकको ठुलो गिलासमा बेचिन्छ । यसरी मिलाउँदा चिया र उखुको जुसको मुल्य घोराही बजारमा बराबरी हुन आउने गरेको छ ।

घोराही १७ कर्जाहिमा रुकुमका मनराज बाँठाले सात विघाहमा उखु खेति गर्नुभएको छ । अहिले साढे दुई विघाहको उखु अर्कालाई दिएको बताउनुहुन्छ । पाँच विघाहमा रहेको उखु पेलेर जुस वेच्न थाल्नुभएको छ । आफ्नै बारीको जुस पेलेर वेच्न अर्कोएक जनालाई पनि खेतमै मेसिन राख्न लगाउनुभएको छ । तिनले डाँठको मुल्य तिर्छन र जुस बेचेर फाइदा कमाउँछन् ।

उखुको मूल्य बार्षिक घट्दो छ, खेति बढ्दै छ । उहाँले खेति थालेपछि २१ जना भन्दा बढिले विउ लगेका छन् । तिनले पनि विघौँ विघाहको क्षेत्रमा उखु खेति गरेका छन् । हरेक बर्ष बेचेर उव्रिएको उखु विउका लागि विक्री गरीन्छ । त्यसो गर्दा सबैतिर व्यापक फैलिएको छ । दैनिक १६ हजार विक्रिहुने उखु चार पाँच हजारमा झरेको बाँठा बताउनुहुन्छ । जुसको विक्रि पनि त्यहि अनुमापातमा खस्किँदै गएको छ । यसरी घट्ने हो भने उखुको पेशा गतिलो चल्दैन ।
पहिलो पटक एक विघाहमा परिक्षणका लागि उखु खेति थाल्नुभएको थियो । वरपरका खेत बाँझै देखिने बेला बाँठाको बारीमा रहर लाग्दा उखुका घार थिए । घोराही धारापानी सडकको किनारैमा खेति थाल्नुभएको थियो । सबैका नजर त्यसैमा पर्थे र हरेक मान्छे लोभिन्थे ।

पश्चिम रुकुम दुलि स्थाई घर भएका बाँठा व्यवसायी खेतिकै लागि दाङ झर्नुभएको थियो । बाहिर बाट आएकाले यत्रो प्रगति गरे भनेर अरुहरु पनि हौसिए । बाँठाले सात विघामा विस्तार गर्दा अरुले पनि एक दुई विघाहमा उखु खेती थाले । जसले रोप्यो उसको बारीमा सोचे भन्दा राम्रो फस्टायो ।

एक पटक रोपे पछि पाँच बर्ष सम्म उत्पादन दिन्छ । सिंचाई सुविधा भएको खेति योग्य जमिन फेला परेको थियो । गतिलो लाभ लिन सकिने बाँठाले आशा गर्नुभएको थियो । गत सिजनमा दुई टक काठमाण्डौ र बाँकि चिनि मिलमा पठाएको बाँठाले जानकारी दिनुभयो । सोचे भन्दा बढि उत्पादन भयो ।

गत वर्ष बजारमा पनि उखु पेल्ने मेसिन चलेको बाँठाले भेटाउनुभएको थियो । तिनीहरु पनि केहि हप्ता भन्दा बढि टिकेनन् । अहिले पनि अलि अलि बजार लगेर बेचिन्छ । एक जनाले बाह्रकुनेमा लगेर उखु पेल्ने मेसिन चलाउनुभएको छ । तर पनि उखुको खपत अ‍ेपेक्षित बढेको छैन । मेसिनलाई मात्रै दुईलाख पर्छ । मासिक ६ हजार व्याजै तिर्नुपर्छ । न्युन विक्रिले फाइदा आउँदैन । त्यसैले अब उखु खेतिको व्यवसाय बाट अर्कोतिर लाग्ने मनस्थिति बनाउनुभएको छ ।
उहाँका अनुसार रुकुम खाराको एक जना भाईले पाँच कठामा लगाएर पाँच लाखको उखुको विउ मात्रै बेच्नुभयो । यसरी भने फाइदा उठाउन सकिन्छ । शुक्रवार र शनिवार उखु खानेहरुको हुल बारीमा पस्छ । भित्र छिर्न खोज्छ तर किनेर खाने पैसा हुन्न । भएको पैसा कोल्ड डिकमा खर्च गरेका हुन्छन् ।

बाकि पैसा हुँदैन । रक्सी अलि बढि खाएर धपेडिमा परेकाले भने एउटैले तिन चार गिलास उखुको जुस खाइदिन्छन् । खानै पर्ने चिज हो भन्ने धारणा बनेको छैन ।
पहिलो एक बर्षमा तेब्बर फाइदा उठाउँदा बाँठा निकै उत्साहित देखिनुभएको थियो । उखु विस्तार भयो बजार फैलिन सकेन । अहिले खेति बाटै पलाएन हुने मनस्थिति बनाउनुभएको छ । उहाँका अनुसार दैनिक पाँच छ हजारको जुस बेचिने मेसिनबाट दुई हजार रुपैयाँ कमाउन पनि मुश्किल भएको छ । जाडोमा अमिला फलछ, चुक हुन्छ त्यो शरीरमा पानीको मात्रा बढाउने र ईनर्जी दिने हो । त्यति कुरा बुझ्ना नसकेको जमात ठुलो छ । सर्दि हुन्छ भन्ने र नखाने गर्छन् । चिसो पानी नखानेहरु शरीमा पानीको अभाव टार्न जुस र फलफुल खानुपर्छ । उखुलाई पनि चिसो हुन्छ भनेर नाक खुम्च्याउने ग्राहकहरुमा उल्टो चलन चल्दै आएको छ । फाइदा नहेरी एक कप चियाको मुल्य तिरेर एक गिलास उखुको जुस खान कन्जुसाई गर्ने धेरै छन् । उक्त सडक खण्डमा चारवटा जति उखु पेल्ने मेसिन छन् । सबैले आफ्नो बारीको डिलमा उखु मेसिन राखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्