सैघाली खबर,
दाङ ,२७ साउन।
राष्ट्रिय फोटो पत्रकार समुह दाङ शाखा तदर्थ समिति गठन भएको छ । सुक्रवार घोराहीमा भएको एक भेलावाट सो समूह गठन भएको हो ।
कुलदिप न्यौपानेको समयोंजकत्वमा ९ सदस्यीय फोटो पत्रकार समुह दाङ शाखा भएको हो । राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष धुब्र आलेको अध्यक्षता एबम नेपाल पत्रकार महासघंका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।
जसको सदस्यहरुमा राजेश खत्री, नबिन अभिलासी, जनक नेपाली , केशरमान बि सी, मनिष शेढाइ, बिमला घर्ती , रोसनमान श्रेष्ठ, नरेश थापा रहनु भएको छ। तदर्थ समितिले भद्रौ महिनामा पुनः भेला गरि नयाँ कार्यसमितिगठन गर्नै भएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।