कपुरकोटका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह



सैघाली खबर
सल्यान, २९ साउन । अविरल वर्षापछि हुन सक्ने खतराबाट जोखिनका लागी सबैलाइ सजग रहन कपुरकोट गाउँपालिकाले आग्रह गरेको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वर्षापछि पहाडी क्षेत्रमा पहिरोको जोखिम हुने भएकाले सचेत बन्न गाउँपालिकावासिलाइ आग्रह गरेका हुन् । कपुरकोट बजार क्षेत्रको भासिएको स्थानका वासिन्दालाइ पनि उनले त्यस स्थानमा नबस्न भनेका छन् ।

भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै गाउँपालिका प्रमुख सेनले कुनै आपत् परेमा आफुलाइ फोन सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । मौषमविद्हरुले पनि मनसुनी वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेको र यसले आज पनि भारी वर्षा हुने सम्भावना देखिएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्