सैघाली खबर
दाङ, २९ साउन । गुडी रहेको बसमाथि पहिरोे खस्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन । सल्यानबाट दाङको तुलसिपुर तर्फ आउदै गरेको ना ३ ख ३२३० नम्बरको बस माथि पहिरो खसेको हो ।
राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरी खोला भन्ने स्थानमा सडक माथीबाट पहिरो खस्दा अन्दाजी ३२ वर्र्षीय एक पुरुषको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ । घाइतेहरुको तुलसिपुर स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झग बहादुर कवरले जनाकारी दिनुभयो । वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडकखण्डमा यात्रा गरिरहेको छन् । मृतक तथा घाईतेहरुको कसैको पनि हाल सम्म नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । विस्तृत आउन बाकी
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।