बच्चाको ज्वरो घटाउने यस्ता छन् सजिलो उपाय



बालबालिकाहरु रोगको उच्च जोखिममा हुन्छ । कलिलो शरीर र कजमोर प्रतिरक्षा प्रणालीका कारण उनीहरु रुघाखोकी, ज्वरो लगायतका विभिन्न रोगको उच्च जोखिममा रहने गर्छन् ।

शरीरमा कुनै किसिमको संक्रमण भएमा उक्र संक्रमणसित लड्दा शरीरको तापमान उच्च हुने गर्छ । जसका कारण बालबालिकालाई ज्वरो आउने गर्छ । ज्वरो विभिन्न कारणले आउने गर्छ । सामान्य रुघाखोकीका कारण पनि ज्वरो आउनसक्छ । तर, कति पटक बालबालिकालाई हनहनी ज्वरो त आउँछ, तर यसको कारण पत्ता नलाग्दैन । जसले गर्दा घर परिवारलाई समेत तनाव हुने गर्छ ।

 

 

बालबालिका स्वस्थ छन् र सामान्य ज्वरो आएको छ भने आत्तिहाल्नु पर्दैन । सामान्य औषधीको सेवन र घरमै बसेर पनि पाँच मिनेट भित्रमै उक्त ज्वरोलाई कम गर्न सकिन्छ । र, ज्वरो नबढेको अवस्थामा डाक्टरका सम्पर्कमा जानु पनि खासै  जरुरी हुँदैन । तर बारम्बार ज्वरो आइरहे वा ज्वरो कम नभएमा भने चिकित्सकको परार्मश लिनु पर्छ ।

किनकी उच्च ज्वरोलाई समयमै नियन्त्रण नगरे यसले मस्तिष्कमा क्षति पुर्‍याउन सक्छ । यसकै कारण बालबालिकाले  असामान्य व्यवहार देखाउने हुँदा ज्वरो निको भएपछि पनि ज्वरो आउनुको कारण भने अवश्य जान्न आवश्यक छ ।

आलु

ज्वरो कम गर्न आलुको प्रयोग लाभदायक मानिन्छ । दुईटा आलुलाई पेस्ट बनाएर बच्चाको मोजामा हाल्नु पर्छ । अब उक्त मोजालाई बच्चाको खुट्टामा पहिर्‍याएको अवस्थामा केही मिनेटमै बच्चाको तापमान ओरालो लाग्न थाल्छ ।

ब्राण्डी र पानी

आधा कप पानीमा आधा कप ब्राण्डी मिसाएर उक्त घोलमा एउटा पातलो सुतीको कपडालाई डुबाउनु पर्छ । अब यो कपडालाई बच्चाको मोजामा हाल्नु पर्छ । बच्चाको ज्वरो कम गर्ने यो पनि अचुक उपायमध्यमा पर्दछ ।

भिजेको कपडा

एउटा सुतीको कपडालाई चिसो पानीमा भिजाएर त्यसलाई निचोरेर निधारमा राख्नु पर्छ । यसले बच्चाको ज्वरो नियन्त्रित गर्न सघाउ पुर्‍याउँछ । यो प्रक्रियालाई तबसम्म दोहोर्‍याउनु पर्छ, जबसम्म ज्वरो कम हुँदैन ।

तरल पदार्थ

ज्वरो आउँदा धेरैले बच्चालाई तातो झोलिलो पदार्थ खुवाउने गर्छन् । जबकी धेरै ज्वरो आएमा बच्चालाई दही वा आइसकि्रम जस्ता चिसो पेय पदार्थको सेवन गराउनु पर्छ । ज्वरोलाई नियन्त्रण गर्न यो निकै जरुरी छ । यसले बच्चालाई हाइड्रेट राखेर शरीरलाई ठन्डा राख्छ । र, ज्वरो कम गर्न मद्दत गर्छ ।

खुकुलो कपडा

ज्वरो आउँदा बच्चालाई सधै खुकुलो कपडा लगाइदिनु पर्छ । खुकुलो कपडा लगाउनाले शरीर कसिलो हुँदैन । यसले बच्चालाई सहज महसुस हुनुका साथै शरीरको तापमान पनि स्वत कम हुने गर्छ । साथै, बच्चालाई ज्वरो आएको बेला भारी भर्कम कपडा लगाइदिनु हुँदैन  । तर बच्चा ज्वरोका कारण धेरै कापेको छ भने उसलाई न्यानो भने अवश्य बनाउनुपर्छ ।

पंखाको प्रयोग

ज्वरो आउँदा मानिसहरुले प्राय पंखा बन्द गर्दछन् । जबकी पंखाको प्रयोगले पनि बच्चाको ज्वरो कम गर्न सकिन्छ । यसले बच्चाको शरीरको तापक्रम न्युन गरी बच्चाको ज्वरोलाई नियन्त्रण गर्न मद्दत गर्छ । तथापी, बच्चालाई धेरै बेर पंखामा राख्नु हुँदैन । अन्यथा, बच्चालाई चिसोले समात्न सक्छ र थप जटिलता निम्त्याउन सक्छ । बच्चालाई पंखामा राख्दा पंखाको स्पिड कम गर्नुका साथै पंखाको छेउमा राख्नु हुँदैन ।

बच्चालाई घरमै राख्ने

ज्वरो आएको बच्चालाई बाहिर लैजाँदा उसको ज्वरो बढ्न सक्छ । त्यसैले, बच्चाको ज्वरो नबढोस् भन्नका लागि पनि ज्वरो आउँदासम्म बच्चालाई घरैमा राखेर आराम गराउनु पर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्