स्वर्गद्धारी गुठीजोतभोग गर्दै आएका किसान आन्दोलनमा



दाङमा स्वर्गद्धारी गुठी अन्तर्गत १२ मौजामा जोतभोग र बसोवास गर्दै आएका मोही किसानहरु आन्दोलनमा उत्रिएका छन् । गुठी सम्वन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले भूमि सम्वन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक मोही किसानको विपक्षमा रहेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

दाङको करिव १ हजार १२ विगाह जमिनमा २२ हजार मोही किसानहरु बसोवास तथा जोतभोग गर्दै आएका छन् । स्वर्गद्धारी गुठी अन्तर्गत दाङमा देउखुरीको चैलाही, वनगाउँ, अर्नवा, सतबरिया, मजगाउँ, उचानिम्वु, गंगदी, रामपुर पलासे, ढोडेनी, झिगौँरा, सुर्केडागी, पड्ढा, नैनवार, हर्नाेक लगायतका क्षेत्रमा जमिन रहेको छ ।

आन्दोलित किसानहरुले सरकार विरुद्ध नाराबाजी गर्दै सरकारसँग स्वर्गद्धारी गुठीका पीडित किसानहरुलाई जोतभोग र बसोबासका आधारमा मोही किसानहरुलाई जग्गा उपलव्ध गराउन माग गरेका छन । ‘राणा शासनदेखि रहेको मोही सम्वन्धी विवाद संघिय गण्तन्त्रमा समेत समस्या हल नहुनु विडम्वनाले मोही किसानहरु वाध्यतावस आन्दोलन गर्नुपरेको ’स्वर्गद्धारी गुठी पीडित संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो । उहाँले मोही जग्गा बसोवास र जोतभोगकै आधारमा किसानहरुले पाउने व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयो ।

गरिव जनताहरुको पक्षमा लडेर दुईतिहाई बुहुमत प्राप्त गरेर सत्तामा गएको कम्युनिष्ट सरकार नै मोही किसानको विरुद्धमा लागेको बताउदै चौधरीले ‘बहुमत प्राप्त अहिलेको कम्युनिष्ट सरकारले गरिव जनताको पक्षमा काम गर्नेछ र हलिया, चरिया , कमैयाको समस्या हल गर्न लाग्नेछ भन्ने आशा थियो’, तर ठिक उल्टो हुन खोजेको छ ।

त्यस्तै अर्नवा मौजाका अध्यक्ष श्रीधर पौडेलले बषौदेखि बसोवास गर्दै आएका मोही किसानहरुलाई उठिवास लगाउने गरि संशोधन भएर बनेको गुठी तथा भुमि ऐन संघीय सांसदवाट पास भए ४५ लाख मोही किसानहरु सडकमा आउने बताउनुभयो । उहाँका अनुसार ‘विगतमा सरकारसँग भएको सहमति अनुसार भुमिहिन किसानहरुलाई जोतभोग र बसोवासका आधारमा जमिन उपलव्ध गराउने सहमति भएको थियो’

त्यस्तै जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष हरिनारायण चौधरीले नयाँ संशोधित विधेयकले सम्पुर्ण भुमिहिन किसानहरुको विरुद्धमा आउन थालेको भन्दै त्यसलाई सच्याउन सरकारसँग आग्रह गर्नुभयो । गुठी तथा भुमि सम्वन्धी संशोधन गर्न बनेको विधेयकलाई मौलिक हकका रुपमा पूर्ण प्रत्याभुति हुने गरि संशोधन गर्न समेत उहाँले माग गर्नुभयो । अहिले बन्न थालेको विधेयकले बषौदेखिको भुमिहिन, मोहि किसान र सुकुम्वासी समस्या समाधान गर्नुको साटो सरकारले किसानहरुलाई उठिवास लगाउने काम गर्न थालेको भन्दै मोही किसानसँग गरेको सहमति अनुसार नै विधेयक पास गर्न आग्रह समेत मोही किसानले गरेका छन् ।

मोही किसानहरुले आज घोराहीमा प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारीमाफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन । स्वर्गद्धारी गुठी पीडित संघर्ष समिति दाङ, जिल्ला भुमि अधिकारी मञ्च र सोसाईटी वेलफेयर एक्सन नेपाल (स्वान) दाङको आयोजनामा जिल्लाभरवाट घोराहीमा भेला भएका मोही किसानहरुले घोराही बजारमा प्रदर्शन पछि ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले मोही किसानहरुको समस्या जिल्लाको मात्र समस्या नभएर राष्ट्रियस्तरकै समस्या रहेकाले समस्या समाधानका लागि केन्द्रीय तहवाटै पहल हुनुपर्ने बताउनुभयो । आफुले जिल्लाका मोही किसानहरुको समस्या समाधानकालागि केन्द्रमा ज्ञापन पत्र जस्ता तस्तै तत्काललै पठाउने प्रतिवद्धता जनाउनुभयो । संघर्ष समितिले मोही समस्या समाधानका लागि जिल्लाका दश वटै स्थानीय तहमाफर्त केन्द्र सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको स्वर्गद्धारी गुठी पीडित संघर्ष समितिका सचिव भरतराज गिरीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्