हजारी फुलको मगमग बास्नामा कटहि



गोविन्द खड्का,
घोराही .
राताम्य हजारीका फुलहरु नभएको घर घोराही १७ कटहि टोलमा कुनैपनि छैनन् भन्दा फरक पर्दैन । कालोपत्रे सडकको दुईकिनारामा फुलेका हजारीको मग मग बासनाले टोलक्षेत्र छोपेको छ ।

आँखाले जति देख्छ त्यो भन्दा बढि नाकले नजीक पुगेको पत्तो पाउँछ ।
घर बाट निश्कँदा होस वा भित्र पस्दा दायाँ बायाँका फुलहरुले बाटो सिकाउँछन् । सडकमा निश्किएपछि पनि स्वागत र विदाई गर्न वाटोका किनारामा हजारी फुलका थुंंगाहरु ठडिएका हुन्छन् ।

बाटो हिड्नेहरुलाई फुल चाहिन्छ भने सम्पर्क गर्नुहोला है भन्नेहरु घर घरै जसो हुन्छन् । उनिहरुको मुख बाट चाँडै निश्कने शब्द बनेको छ, शुपथ मुल्यमा दिन्छौँ ।
दशै तिहारको हारालुछ पछि फुलको व्यापार सुस्ताएको मानिन्छ । त्यसबेला एउटा माला तिन सय सम्ममा भाईटिकाको अघिल्लो दिन घोराही बजारमा विक्रि हुन्छ । त्यसपछिका दिनको फुल व्यवसायीले महत्व दिदैनन् ।

तर, समाजमा पुजा पाठ, विवाह, स्थापना दिवस, साधारण सभा लगाएतका शुभकार्य चलिरहन्छन् फुलको आवश्यकता पर्छ । अहिले कटहिले त्यसलाई पुर्ति गरेको छ । घोराही बजारमा चलेका औपचारीक कार्यक्रममा फुल नपुगेका कमै होलान् । चाड पर्वपछि आवश्यकता कम्तिहुँदै गएको महशुस गरी रहेका व्यवसायीलाई कटहिले बाह्रै महिना फुल फुलाउन जरुरी रहेको महशुस गराएको छ । दिनहुँ विक्री भएको र एउटा माला तिस रुपैयाँ सम्म पर्ने गरेको टोलवासीले बताए ।

गत मंगलवार घोराही उपमहानगरपालिकाले ४१ औँ स्थापना दिवस मनायो । त्यसलाई भब्य बनाउन कटहिका हजारी फुलले भुमिका खेले । प्लाष्टिकका हलुका फुलको ठाउँमा ओजिला हजारीले अतिथिको गरीमा बढाईदिए ।

अरु काममा उपयोग नहुुने खादाका चिर्कटाको स्थान पनि हजारीका फुलले ओगटे । टोलविकास संस्थाका अध्यक्ष हुमा डिसीका अनुसार पाँच हजारका माला उपमहानगरपालिकामा आयो । विहे तथा अन्य शुभ कार्यमा लगिरहेका छन् । अझै पनि एक लाख बराबरका फुल छन् । माग भए जतिबेला पनि दिन सकिन्छ ।

एकै चोटि सडक किनारा भरी कसरी फुल फुले ? अभियान कस्ले चलायो ? जोगाउने भुमिका कस्को हो यस्ता अनेकौँ प्रश्न उब्जिन्छन् । त्यसको जवाफ विगत १८ बर्ष देखि टोलको अध्यक्ष पद समहाल्नु भएका डिसीको मुखाकर छ । शुरुका दिनको याद गर्दै डिसीले भन्नुभयो

घरमा मात्रै लगाउँदा चुडाल्नेहरुबाट जोगाउनै मुश्किल भयो, बाटोमा पुग्दा त झनै कतै नभएको फुल खेति भनेर थुप्रैले आलो चना गरे  उहाँले थप्नुभयो, łटोलबाटै निर्णय गरेर सबैले फुल रोप्ने बनाईयो । अहिले सबैका घर अगाडि फुलेका छन् खुशि छन् । रमाईलो छ ।


उहाँका अनुसार पहिला घर, त्यसपछि टोल र बाहिरको समाज बदल्नुपर्छ भन्ने धारणा राख्नुपर्छ । फुल फुलाउने सामान्य लाग्थ्यो । मैले के पो गरेको छु र भन्ने महशुस भईरहन्थ्यो । यस पटक घोराही उपमहानगरपालिकाले सर्र्र्बोत्कृष्ठ टोल भनेर सम्मान गरेको छ । टोलविकास संस्थाको उद्देश्य र भावना अनुरुप काम गरेको उल्लेख निय भुमिका निर्वाह गरेको भनेर १० हजार नगद सहित कदर पत्रले सम्मान गरेको छ ।

यसले टोलवासीमा असिमित खुशि भित्रयाएको छ । अध्यक्ष डिसीलाई पनि सन्तुष्टि दिएको छ । लमहि घोराही सडक खण्ड चौघेरा चोक सम्मै यसैगरी फुल फुलाउने धोको रहेको सुनाउनुभयो ।

कालोपत्रे सडकको अर्थ हरीयाली लगाउन खाजेको वडा सचिव ईश्वरराज पाण्डेयले जानकारी दिनुभयो । उपमहानगरपालकिाको सर्बोउत्कृष्ठ टोल बनाउन सफल वडाले अरु टोलको बारेमा सोँच बनाई रहेको छ । कति पय टोल प्लाष्टिक जलाउने, जथाभावि फाल्ने फोहरी रहेको वडा अध्यक्ष खुशिराम चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतिपय टोल भने साँच्चै नमुना बनेका छन् । सरसफाइ र सुन्दरतामा उनिहरु धेरै अगाडि छन् । यस बर्ष देखि जहाँ कालोपत्रे सडक त्यहाँ फुल तथा हरीयाली कार्याक्रम लागु गर्ने वडाले जनाएको छ ।

त्यसको शुरुवात वडा कार्यालय, हरीद्धार स्वाथ्य केन्द्र, सरकारी विद्यालयहरु लगाएतका संरचनालाई उदाहरणीय बनाएर अघि बढ्ने योजना छ ।

कतै बाट पनि खोट लगाउन नसकिने कटही टोल फेलापरेको अनुगमनमा पुग्नुभएका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगिले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीको ईज्जतका लागि कटहिले अतुलनीय योगदान दिएको छ ।

त्यसका सकारात्मक गुणहरु शान्ति टोलमा फुल फुलाएर केहि देखिएका छन् । बगरगदी हुँदै चौघेरा सम्म ल्याउन सके यसले झन् ठुलो महत्वराख्ने छ । त्यसका लागि वडाले विशेष पहल गर्नुपर्छ । अरु टोलहरु अध्यन अवलोकनका लागि त्यहाँ पुग्न जरुरी छ । लामो खडेरीको बेलामा पनि झकाझुर फुल
फुलाउनु असामान्य हो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्