बादी समुदायका महिलाहरुलाई हेर्ने दृष्टिकोणमा अझै फरक छ- उमा बादी



काठमाण्डु।
बर्षौंसम्म यौन ब्यवसायमा लाग्न बाध्य पारिएका वादी महिलाहरुले आफू र बालबालिकाहरुको उचित पुनस्र्थापना तथा राज्यका हरेक निकाय बाट पाउनु पर्ने सम्मानजनक ब्यवहार नपाएको मानव अधिकार प्रतिष्ठानको अध्यक्ष र सुदुरपशिमस्तरीय बादीउत्था समितीको अध्यक्ष उमा बादीले गुनासो गरेकी छन।

‘यौन ब्यवसाय छाडेको धेरै बर्ष भए पनि राज्यले पीडित महिला र तिनीहरुबाट जन्मिएका बालबालिकाहरुलाई पुनस्र्थापित गर्न केही कदम नचालेको प्रति समन्धित निकायले चासो नदिएको भन्देै दुख ब्यक्त गरीन ।

आफ्नो हक अधिकारका लागी कयौ दिदिबहीनीहरु लड्यौ ,कति त गिराफतार हुनु भयो त्यस पश्चात मन्त्रिले गरेको निर्णय अझै पनि कार्यन्वयन हुन नसेको गुनासो गरीन।जातीय हिसाबले हेर्ने हो भने पनि यो वादी जातीको दिदीबहिनीलाई अपहेलना हुने, समानब्यवहार नपाएको बताइन।बादीसमुदायमा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि फरक भने छैन तर उनीहरुको रहर नभएर यो बाध्यता हो।

ठुला बडाले शोषण गरेर यस्तो बनाएको बताइन।सबै क्षेत्रमा नहोला तर अझै कुनै त्यस्तो बिकट क्षेत्र जहा बादी महिलाहरु देहब्यापार गर्नै बाध्य रहेको बताइन।वादी समुदायका महिलाहरुको अवस्था निकै पीडादायी रहेको छ।उनले सैघाली खबरको बिशेष कुराकानीका क्रममा बताइन।

देह ब्यपार गर्ने वादीमहिलाहरुको पुनस्थापनाको माग गरेको तर राज्यले अहिले सम्म पनि कुनै सवाल कदम नचालेको बताइन।वादी दिदीबहिनीको पुनस्थापन गर्ने किन लुकेको छ र उनीहरुको बारेमा बोल्न किन बरबराइराखेको छ भन्दै आक्रोस ब्यक्त गरीन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्