अब नेपालमा एउटा क्रान्तिको आबश्यकता छ  -गुडराज लोहोनी 



नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य साथै प्रकाशन बिभागका प्रमुख गुडराज लोहनीले अब फागुन सात देखि चौध सम्म जनयुद्ध सप्ताह हुने बताएका छन।
देशमा भइरहेका बलत्कार, मंहगी, घुषखोरी अनि बिदेश बाट दिनहुँ आउने नेपालीहरुको शब,भारतले गरेका नेपालमा बिभिन्न प्रकारका हस्तक्षेप यसले फेरि पनि नेपालमा अब एउटा क्रान्तिको आबश्यक छभन्ने संकेत देखाएको बताएका छन।

उनले पछिल्लो समयमा देखिएका बिबाद, दलित माथी हुने मन्दिर प्रबेश देखि अन्तरजातिय बिवाहले मारिएका दलित युवाहरु देखि सबै खालका बिभेद अन्त्यका लागि पनि नेपालमा पुन क्रान्ति आबश्यक रहेको बताएका हुन ।

दिनहुँ देशमा हत्या हिसां ,सडकमा नारा जुलुस यो राष्ट्रियताको चरम सकंट हो उनले भने।
नेपाल कम्युनिष्ट पार्टी हामी अगाडी बडिरहेका छौ,त्यो पद प्रतिष्ठा वा मन्त्रि नपाएर होइन बिप्लब आफै मन्त्रि हुने हैसियतको हो तर हाम्रो कुरा चाहि जनताका कुरा सुनौ मंहगी बेरोजगारीलाई अन्तय गरौ भन्ने हो लोहनीले भने,सरकारले गरेको दमनलाई प्रतिबाद गदै देशमा शान्ति सुरक्षा कायम गर्नू हो।

अहिले सारा नेपाली जनता न्याय चाहेको र न्याय र बिकाश अब बिप्लब पार्टीले मात्र दिन सक्नेमा जनताले पुर्ण बिश्वास गरेको र देश ब्यापी रूपमा जनता बिप्लब पाटीमा लागेको बताए ११
अझै पनि निर्दोष हाम्रा कार्यकर्तालाइ धरपकट गर्दै बिनाकारण झुटो आरोप लगाइ गिरफ्तार गरेको भन्दै यदि सरकारले यस्ता ज्यादती नरोके प्रतिकार गर्ने बताए१
सरकारले लाठी प्रहार गरे , आफुहरु पनि लाठी प्रहार गर्ने , बन्दुक पट्काय बन्दुक आफुहरुले नि पट्काउने चेतावनी दिए।
सरकाले अहिले सम्म कुनै पनि किसमको उपलब्धिमुलक कार्य गर्नै नसक्नु नै अहिलेको सत्ताको अन्त्य अनिबार्य हुनु लोहनीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्