विभिन्न सङ्घर्र्षको समानागर्दै आजको स्थितिमा पुग्नु जनताको उपलब्धि -मन्त्री मगर



पुनर्वास, । मंगलबार ६९ औं राष्ट्रिय प्रजातन्त्रदिवस मुलुकभर विभिन्नकार्यक्रम गरी मनाइँदैछ । वि.सं. २००७ सालफागुन७गते प्रजातन्त्र स्थापनाभएको दिनको सम्झनामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । प्रजातन्त्रदिवसकादिनमन्त्रीबीना मगर कञ्चनपुर पुगेकी छन् ।

राष्ट्रिय प्रजातन्त्रदिवसको अवसरमापुनर्वास नगरपालिकाद्वारा नगरभित्रका स्वास्थ्य स्वयंसेविकाहरुकालागि साइकलवितरण कार्यक्रममापुगेकी नेपाल सरकारका खानेपानीमन्त्री मगरले देशको परिवर्तनमा राणाशासनको अन्त्यदेखि विभिन्न सङ्घर्ष गर्दै अहिलेको स्थितिसम्म पुग्न नेपालीजनताको ठूलो त्याग रहेको बताएकी छन् । उनले स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा पु¥याएको योगदानको सम्मानगर्नुपर्ने बताइन् ।

उनले घर–घरबाट महिलाजागरुकहुनुपर्ने बताउँदै प्रजातन्त्रदिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको सफलकार्यान्वयन र नागरिकको जीवनपद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनागरिन् ।

कार्यक्रममानगरभित्रका एक सय एक जना स्वास्थ्य स्वयंसेविकाहरुकालागि साइकलवितरण गरिएको छ । कार्यक्रममाखानेपानीमन्त्रालयकामहानिर्देशक सुनिल दास, मन्त्रालयकाउप–महानिर्देशक रमाकान्त दवाडी लगायतका टिमको उपस्थिति रहेको थियो ।
पुनर्वास नगरपालिकाकानगरप्रमूखजीवनराजथापाले मन्त्री मगर संघीय सरकारमाहुनु पुनर्वासकालागिगर्वको कुरा भएको बताए । नगरप्रमूखथापाले नगरभित्रका समस्याहरु सुनाउँदै समस्याको समाधानकालागिमन्त्रीसमक्षआग्रह समेत गरे । खानेपानी योजनाकाकामहरुको स्थलगतअवलोकन गर्न कञ्चनपुर पुगेकी नेपाल सरकारका खानेपानीमन्त्री मगर कार्यक्रममाउपस्थितभएकीथिइन् ।

एक सय चार वर्षीय जहाँनिया राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्यभयो र प्रजातन्त्र स्थापनाभएको घोषणा गरियो । तत्कालीन राजात्रिभूवनको घोषणापछि राणा र नेपालीकांग्रेस सम्मिलित सरकार गठन भई नेपालमाप्रजातान्त्रिकशासनकालको सूत्रपातभएको थियो ।

प्रजातन्त्र स्थापनाकालागिभएको सङ्घर्षमाशुक्रराजशास्त्री, दशरथ चन्द, धर्मभक्तमाथेमा र गङ्गालालश्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानीदिएकाथिए । प्रजा परिषदनामक राजनीतिकदलभूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाकालागिनागरिकमाजागरण ल्याएको अभियोगमाउनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्