मन्त्रि ज्युको अपमान गरेर म के पाउँछु प्रजिअ श्रेष्ठ



झण्डा प्रकरण
‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार दाङ आएका भुमि सुधार तथा व्यावस्था मन्त्री डा. गोपाल दहितले दाङका प्रमुख जिल्ला अधिकारी  गजेन्द्र वहादुर श्रेष्ठले आफुलाई सार्बजनिक रुपमै अपशब्द बोल्दै गालीगौलोच गरेको वताउनु भएको छ त्यसबारेमा रहेर प्रजिअ श्रेष्ठ संग सैघाली खबरका कार्यकारी सम्पादक जनक नेपालीले गरेको कुराकानी !

खासमा मन्त्री गोपाल दहित संग विवाद हुनको कारण के हो ?
मेरो मन्त्री संग कुनै विवाद भएको छैन । उहाँ र मेरो विचमा कुनै चिनजात परिचय समेत थिएन उहाँ पहिलो पटक मन्त्रि बनेपछि ‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार दाङ आउनु भएको थियो । मन्त्री दाङ आउने थाहा पाएपछि मैले शान्ति सुरक्षा देखी मन्त्रि बस्ने गाडी सम्मको व्यवस्था गरे के मैले गरेको कामलाई विवाद भन्नु हुन्छ म यो पक्षमा छैन ।

मन्त्रीले ज्यु ले सार्वजनिक रुपमै तपाईलाई गाली गर्ने अबस्था किन आयो ?
यो विषयम मलाई थाहा छैन । सबै मन्त्री ज्यू दाङ आउदा जिल्ला कृषि विकास कार्यालयको गाडी प्रयोग गर्दै आएका छौ । भन्नु हुन्छ भने मलाई माथीबाट गाडीको व्यवस्थापन भन्दा शान्ति शुरक्षा कायम गर्न निर्देशन भएको थियो त्यस अनुरुप मैले शान्ति सुरक्षाको सबै जिम्मेवारी पुरा गरेको थिए । गाडीको व्यवस्थापन गर्नका लागि कुनै खबर आएन तर एक्कासी झण्डा भएको गाडी खोज्नु भयो तर मैले मेरा सम्पूर्ण कर्मचारी साथीहरुलाई खटाएर जिल्ला कृर्षि विकास कार्यालयको गाडीको व्यवस्थापन गर्न लगाए त्यस बमोजिम सबैकाम भयो र भोली पल्ट शनिवार विहानै नेपालगंज तर्फ उक्त गाडी पठाए उहाँकै कार्यकर्ताले मन्त्री बस्ने गाडी भैसकेको दाङबाट आएको गाडीमा आफुहरु चढ्ने कुरा कार्यकर्ताहरुले मसंग गर्नुभयो ।
त्यस बेला मैले के गर्न सक्छु तपाई आफै भन्नुस यसअघि अरु मन्त्री दाङ जाँदा पनि यो गाडी नै प्रयोग गर्नु हुन्छ । तर गाडीमा झण्डा नभएको भन्दै मन्त्री दहित आक्रोशित बन्नुभयो ।लगतै जिल्ला विकास समितिको अर्काे गाडीमा झण्डा राख्ने डण्डी बेल्डिडङ गराइयो झण्डा राखेर म सहितको टोली मन्त्री दहितलाई रिसिभ गर्न बाँके र दाङको सीमाना अमेलियासम्म पुगेकका थियौ ।
तर, मन्त्री ज्यु त्यो गाडी पनि चढ्न मान्नु भएन एयरपोर्टबाटै चढेर आएको गाडीमा दाङ आउनुभयो । आउदा आउदै खै प्रमुख जिल्ला अधिकारी को हो भन्दै हर्कार्दै मन्त्रीको सम्मान गर्न आउदैन सिडियोको तालिम लिएकोे हैन भन्दै अपशव्द प्रयोग गर्दै एलडीओ र प्रहरी प्रमुखकै सामुन्ने मन्त्री ज्युले गाली गर्नुभयो । भोली पत्रल्ट पत्रकार महासंघको हलमा भएको भएको कार्यक्रममा मन्त्री ज्यु ले मैले हिजो भन्नसम्म भनिसकेँ । आज लाज लाग्नु पर्ने हो । यति लाज लाग्नु पर्ने कि आजको कार्यक्रममा सीडीओ भएर बस्न नसक्नु पर्ने हो । भनेर कार्यक्रम हलमै भन्नुभयो म चुपचाप बसे । यस्ता सीडीओहरुको सरकारी जागिर खाएर प्रमुख जिल्ला अधिकारी भइराख्ने अधिकार छैन समेत भन्नुभयो । म आफैलाई लाजभएको अनुभुति भयो ।

मन्त्री ज्युलाई लिन गएको हजुर फर्केर आउनु भएको हो रे नी ?

म निरन्तर रुपमा बाढी प्रभावितहरुको उद्धारका लागि खट्दै आएको छु ।बाढी प्रभावितहरुको राहत व्यवस्थापन देखि उहाँहरु संग भेटघाट गर्न मै ब्यस्त थिए । म आफै सुगरको विरामी उहाँलाई लिन गए दाङ र बाँकेको सिमानामा म पुगेकै हु तर उहाँको पार्टीको छुटै कार्यक्रम भएको हुनाले म फेरी बाढी पिडितहरुको अबस्था बुझ्न र राहत वितरण गर्न गोल्टाकुरी गएको हु म तर फर्केको होईन ।

अन्त्यमा केही भन्नु छ ?
मेरो भन्नु केही छैन तर एउटा कुरा के भने आज सम्म मैले सबैकाम गर्दै आएको छु । तर मैले मन्त्रि ज्युको अपमान गरेर के पाउँछु । यदि मैले गल्ती गरेको भए कारवाही गरेको भए हुन्थ्यो तर गाली नगरेको भए सबै भन्दा राम्रो हुन्थ्यो त्यो दिन जीवनभर कालो दिनको रुपमा रहने छ अन्त्यमा तपाईलाई धन्यवाद !

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्