कम्युनिष्टको नाममा विप्लबले युवालाई लुट्न सिकाएका छैनन्, कम्युनिष्ट सरकारको लुट तन्त्र बिरुद्द जनता र युवालाई उठाई रहेका छन् ।



 

सुदिपं बर्देवा –    कम्युनिष्ट को नाममा विप्लब ले युवा लाई लुट्न सिकाएका छैनन्, कम्युनिष्ट सरकारको लुट तन्त्र बिरुद्द जनता र युवालाई उठाई रहेका छन् । पछिल्लो समय समाजिक संजाल र संचार माध्यममा सबै भन्दा बढि चर्चा कि विप्लब को छ, कि चाहि सी के रावत को। राजनैतिक रुपमा भन्ने हो भने यी दुई, नेत्र बिक्रम चन्द ुविप्लबु ले नेत्रित्वो गरेको नेकपा र सी के रावत को स्वतन्त्र मधेस गठबन्दनका बिच आकाश जमिनको फरक छ ।

विप्लब नेत्रित्वोको नेकपा स्वाधीन रास्ट्रको निम्ति, देश मा ब्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, महंगी , कालोबजारी, घुसखोरी र दलाल संसदीय ब्याबस्थाको अन्त्यका निम्ति आफ्ना राजनैतिक गतिबिधि संचालन गरिरहेको छ भने, सी के रावत नेत्रित्वो को स्वतन्त्र मधेस गठबन्धन स्वायत्त मधेसको मुद्धा मा आफ्ना गतिबिधि अगाडि बढाई रहेको छ ।

विप्लब भन्छन, यो देश दलालहरु बाट बचाउनु पर्छ, सी के राउत भन्छन, नेपाल बाट मधेस अलग्याईनु पर्छ । संयोग भनौ या समयको नियति । यी दुई फरक फरक राजनीतिक उदेश्य बोकेका नेत्रित्वो लाई यतिखेर एउटै हाणीमा हालेर भुट्ने काम भई रहेको छ। विप्लब नेत्रित्वो को नेकपा हाणी भित्रै मकै को फुल उठे झैँ उठ्ने वाला छ भने सिके रावत नामको स्वतन्त्र मधेस गठबन्धन हाणी भित्रै ठेट्ना भएर खुम्चिने वाला छ । तर मानिसहरु यी बिषयहरु लाई एकै ठाउमा घोली रहेका छन् । यसरि फरक फरक बिचार र उदेश्य भयका पार्टी र समुहलाई एकै ठाउ मा राखेर दाज्न मिल्दैन।

बिखण्डनको नारा घन्काउने सिके राउतसंग स्वाधिन रास्ट्र को निम्ति, देश मा ब्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, महंगी , कालोबजारी, घुसखोरी र दलाल संसदीय ब्याबस्थाको अन्त्यका निम्ति संघर्सरत विप्लबको नेकपा लाई एउटै आखाले हेर्ने महान ब्याक्तित्वो हरुलाई खै के भनौ?

 

आफ्नो परिभाषा आफैले गर्दा राम्रो हुन्छ होला। कम्तिमा विप्लब लाई उनको राजनितिक उदेश्य र सिद्दान्त बाट र रावत लाई उनकै उद्दश्य र सिद्दान्त बाट हेर्ने र त्यहि अनुरुप को व्याख्या बिश्लेसण गर्दा राम्रो हुन्छ ।

पछिल्ला केहि महिना यता विप्लब नेत्रित्वोको नेकपाले देशै भरि आफ्ना राजनैतिक गतिबिधिलाई शसक्त बनाई रहेको छ । जनताका प्रतिनिधिको नाममा गाउ गाउमा स्थानिय प्रतिनिधिहरुले भ्रस्टाचार गरेको भन्दै त्यस्ता जनप्रतिनिधि लाई कालोमोसो दल्ने काम गर्यो। विभिन्न ठेकेदारहरु लाई पनि जनकारबाही गर्यो। जनताको रगत र पसिना बाट तिरेको कर को दुरुपयोग गरेको भन्दै त्यस संग सम्बन्धित मानिसहरु लाई चेतावनी दिने र सजक गराउने काम समेत गर्यो। त्यस्तै राज्यलाई कर नतिरी अरबौ रुपैया बिदेश पलायन गरायको भन्दै देशै भरिका एनसेल टावरहरु मा आगजनी र बम बिस्फोट समेत गरायो।

सुरक्षाको दृष्टि ले अत्यन्त मजबुद मानिने काठमाण्डौ उपत्यका कै ब्यस्त शहर नख्खुमा एक जनाको ज्यान जाने गरि गराईयको बम बिस्फोट, बैदेशिक रोजगारीमा जाने युवासंग मोटो रकम लिएर बिदेश पठाउने र त्यहा पुर्यायर अलपत्र पार्ने गरेको आरोपमा वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा समेत बम बिस्फोट गरायो ।

विप्लब का यीनै गतिबिधिका कारण पनि यतिखेर सबैको ध्यान तानेको छ । राज्य यतिखेर विप्लब नेकपा प्रति आक्रामक रुपमा प्रस्तुत भई रहेको छ। विभिन्न सभा, समारोहमा प्रधानमन्त्री के पी शर्मा ओली ले विप्लब नेकपा प्रति आक्रामक भासण र निर्देशन दिइरहेका छन्। केहि दिन अगाडी विप्लब समूह लुटेराहरुको समूह हो भन्दै भासण गरे भने हिजो मात्र नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग भनेका छन् ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

यसै बीच गयराती अबेर सम्म मासेको मन्त्रि परिसदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मंगलबार अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। विप्लब नेत्रित्वोको नेकपा को गतिविधि राजननीतिक भन्दा पनि अपराधिक भयकाले प्रतिबन्ध लगाउने निर्णय गरियको एक मन्त्रिले बतायका छन्। सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी उच्च स्रोतले जानकारी दियको छ । तर यता विप्लब नेत्रित्वोको नेकपाले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग पुर्याई रहेको बताई रहेको छ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवनेकपाले त्यसको प्रतिवाद गर्ने समेत बताई सकेको छ। बर्तमान सरकारले नै बैधानिक रुपमा यो देशको साधन श्रोत माथि लुट मच्चाई रहेको छ।

विप्लब नेकपा त्यसलाई रोक्न माग गर्दै आफ्ना गतिबिधि बढाइ रहेको छ। तर सरकार उल्टै प्रतिबन्ध लगाउने निर्णय गरिरहेको छ । यसले के देखाउछ भने,

देशमा लुटतन्त्र चलिरहेको छ, यसलाई नै जोगाउन नेकपा माथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नेकपाले भनेको छ । अचम्म लाग्ने कुरा त के छ भने, हिजो दश बर्षे जनयुद्धको नेत्रित्वो जसले गर्यो, उही अहिले सरकारमा हुने र उसैले छोडेर गयका मुद्धा हरु उठान गरेर आन्दोलन गर्दा त्यसमाथि प्रतिबन्ध लाग्ने यो कस्तो बडम्बना हो ?।

दश बर्से जनयुद्ध को मुल उदेश्यबाट नेतृत्व भागे पछि विप्लब नेकापाले तिनै मुद्धा सहित केहि नया र समयसापेक्ष मुद्धाहरु समेटेर एकिकृत जनाक्रान्ती हुदै बैज्ञानिक समाजबाद स्थापना गर्ने सम्मको दिशा तय गरेको छ। देश संघियतामा गए संगै केन्द्र देखि स्थानिय तहसम्म बजेटको चरम दुरुपयोग भयको देखिन्छ।

केहि समय अगाडि गायक पशुपति शर्मा ले बजारमा ल्यायको ुलुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाईदैन नेपालमै हो छुटु बोलको गीत ले नै अहिले देशमा के भई रहेको छ भन्ने कुरा छर्लंग पार्छ । यो गीतको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीतलाई जनताले मन नपराएको समेत भन्न भ्याएका छन् । उनले अझ थपेका छन्, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’ यद्यपि यो गीतलाई पनि सरकारले पचाउन नसकेकै कारण कलाकारले यो गीत युटुब बाट हटाई सकेका छन्। हो देशमा लुट तन्त्र दिन प्रतिदिन मौलाई रहेको छ, यहि लुटका बिरुद्द देशै भरि बाट आवाज उठी रहेको छ ।

यहि आवाज बुलन्द पर्दै नेकपा हिडिरहेको छ, यहि आवाजलाई विप्लब नेकपाले सम्बोधन गरि  जनताको माझमा सक्तिशाली  भएर उभियको छ ।

के, स्वाधीन रास्ट्र को निम्ति, देश मा ब्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, महंगी , कालोबजारी, घुसखोरी अन्त्यका निम्ति आफ्ना राजनैतिक गतिबिधि संचालन गर्दा देश र जनता बिरुद्ध हुन्छ?

सरकार भनेको सबैको अभिभावक हो, सम्पुर्ण शक्तिलाई मिलाएर लैजानु उसको दायित्व हो तर सरकार नै आक्रमक बनेर कठोर निर्णय गर्दै विप्लवलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै मुटभेडको वातावरण तर्फ उन्मुख भएको देखिन्छ ।

यसले राज्यमा ठूलो दुर्घटना निम्तिन सक्छ । सरकारको कारणले राज्यले क्षति व्यहोर्नुपर्ने बाध्यता हुन सक्छ । राज्यले दम्भ देखाएर हैन नरम भएर वार्ता मार्फत द्वन्दलाई रुपान्तरण गर्दै जानुपर्छ, राज्य आक्रमक हुनु गलत हो। सरकार आफ्नै पक्षबाट भई रहेका त्रुटीहरुलाई न सच्याउने र जनताका आवाज हरुलाई कुल्चिदै अगाडि बढ्ने हो भने पुन यो देशमा युद्ध सुरु हुने निश्चित छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्