माओवादी सांसदको एक महिनाको पारिश्रमिक राहत कोषमा



सैघाली खबर।
काठमाडौं, ७ भदौ ।नेकपा माओवादी केन्द्रले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी, पहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्ड’ले ३४ लाख ९९ हजार २६० रुपैयाँ हस्तान्तरण गर्नुभएको माओवादी संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिनुभयो ।
दलका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उप्रधानमन्त्री तथा मन्त्रीहरुको पनि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक शर्मा, सचेतक सीता नेपाली तथा नेताहरु हरिवोल गजुरेल, अग्नी सापकोटा र शक्तिबहादुर बस्नेतको उपस्थिति थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्