दलित र धर्मपरिवर्तन



चन्द्रेश्वर दास,धनषा ।
हिन्दूधर्मले अति तल्लो दर्जामा राखेको अतिशुद्रहरुको समुह जो शिल्पको कार्य गर्दछ उनिहरुलाइ पानि नचल्ने अछुत बनाएर त्यसलाइ धर्म संग जोडे़र दिर्घजिवि बनाइएको छ , बिगत २००० वर्षदेखि यो समुदायलाइ सामाज र मुलधारको राजनैतिक बाट टाढा राखिदैआएको छ ।

विश्वमा विभिन्न किसिमको विभेद अस्तित्वमा थियो रछ ति सबै विभेद कुरितिहरु समाप्त भै सक्यो र केहि हुने क्रममा छ तर भारतवर्ष मा जातिविभेद र छुवाछुत विगत २ हजार वर्षदेखि अस्तित्वमा छ यसको प्रमुख कारण ब्राह्मणहरुको वर्चस्वमा रहेको बाहुनधर्मनै प्रमुख हो त्यसकारण यो प्रथा हिन्दूधर्मको अस्तित्व रहुन्जेल रहने निश्चित छ ।

हिन्दूधर्मकै अंगको रुपमा रहेको यि अछुतहरुको संख्या दिनप्रतिदिन घट्दो छ , कारण भारतवर्षमा सबैभन्दा वढि धर्मपरिवर्तन गर्ने समुदाय नै दलितहरु हो जो द्रुतगतिमा धर्मपरिवर्तन गरिरहेपनि यसको रोकथामको लागि कुनै उपाय अपनाइएको छैन मानौ यिनिहरु हिन्दूधर्मको अंगनै होइन ।
भारतवर्षको सबैभन्दा पुरानो धर्मनै वैदिक धर्म हो जसमा चातुर्वर्णय वर्णव्यवस्था छ ।

युरेसियाबाट भारतवर्षमा प्रवेश गरेपछि विकसित गरिएको धर्म हो , जसलाइ आजकल वैदिक,सनातन,तथा हिन्दूधर्म को नाममले चिनाइन्छ , मुस्लिम इसाइहरु निकै पछि यस छेत्रमा फैलिएको धर्महो जसमा बहुसंख्यक दलितहरुनै धर्मपरिवर्तन गरि मुस्लिम तथा इसाइ भएका छन् ।
इसाइ धर्मावलंबिको पछिल्लो तथ्यांक अनुसार नेपालमा इसाइको जनसंख्या ३५ लाख रहेको दाविगरेको छ जसमध्ये ६६५दलितहरुनै रहेको तथ्यांक मा उल्लेखित छ , कतैकतै इसाइलाइ दलितको धर्म भनेर पनि होच्याउने अपमानित गर्ने गरेको पाइन्छ ।

भारतवर्षमा इस्लाम धर्मको कारण पनि तथाकथित उच्च जातिय हिन्दू धर्मावलंबिको अन्याय र अत्याचार जातिविभेद र छुवाछुत को कारणले इस्लाम फैलिएको भन्दा फरक पर्दैन , मुगलकालमा मुस्लिम मुगलहरुसे गैरमुस्लिम समुदायमाथि जजिया नामक कर लगाएपछि गरिव दलितहरु कर तिर्नै नसकेर इस्लाम धर्म स्वीकार गरेको तथ्यहरु पाइन्छ , अर्कोतर्फ हिन्दूधर्ममा हुने जातिविभेद र छुवाछुतको कारण ले हुने अपमान सहनगर्न नसकेर इस्लाम धर्म अगाल्नेहरुको कमि छैन जसमा सबैभन्दा वढि दलितहरुनै छन् ।

नेपालमा इस्लामको इतिहास नामक पुस्तकमा मुस्लिमले गर्ने पेशा भनेर सिकर्मि ,डकर्मि ,हजाम ,कसाइ ,धुनिया ,हलुवाइ ,रंगरेज ,धोवि ,पथ्थरकट्टा चुरौटे९चुरिहार० दर्जि ,नट भाट इत्यादि पेशागर्ने भनेर उल्लेखित छ जुन पेशा वर्तमानमा दलित तथा पिछडिएको समुदायले गर्दैआएको छ

। यसले पनि सिध्द हुन्छ कि मुस्लिम समुदाय मा पनि अधिकांश पुर्वको अछुतहरुनै बहुसंख्यक रहेको छ नेपाल सरकारको सरकारी तथ्यांक अनुसार अहिले नेपालमा ४।४५ मुस्लिमको आवादि छ र ति मुस्लिमहरुको छुट्टै समुह९कलस्टर०कायम हरि आरछण लगायतको सेवा सुविधा पाइरहेको छ ।

नेपाल प्रहरिको प्रतिवेदन अनुसार बलात्कार को घटनामा सबैभन्दा वढि उत्पीड़न र बलात्कार दलित महिला संग हुन्छ भने सबैभन्दा कम बलात्कार हुनेमा मुस्लिम महिलानै पर्छ किनकि इस्लाम धर्मले सबै मुस्लिमलाइ एकै धागोमा बाध्न सफलभएको छ पुर्वको मुसलमान माथि कुनै घटना घट्यो भने पश्चिमको मुस्लिम लाइ पनि दुःख्छ तर हिन्दूधर्मकै अंगको रुपमा रहेको दलितहरु प्रति उनकै धर्मका कथित उच्च जातिहरु अपराध गर्न सताउन उत्पीड़न दिन सबैभन्दा वढि अगाडि हुन्छ ।

दलितहरु माथिको हिन्दुधर्मालम्बि द्वारा हुने उत्पीड़न देखेर यिनिहरु पनि हिन्दूधर्म कै अंगहो भन्न सकिने अवस्था छैन ।
अछुतहरु धर्मपरिवर्तन नगरुन हिन्दूधर्ममै रहिरहुन भनेर दैनिक नयांनया ऐन कानुनहरु बनाउंदैछ तर तर त्यहि हिन्दुधर्मालम्बि हरुले जातिविभेद तथा छुवाछुतको विरुद्ध मा कडा कानुनको निर्माण सकिरहेको छैन ,मानौ दलितहरु हिन्दुधर्मालम्बिहरुले शिकारिले शिकार संग गर्ने व्यवहार जस्तै व्यवहार गरिरहेको छ।

भन्दा अनुचित हुने छैन । हिजोका अछुतहरु आज धर्मपरिवर्तन गरि मुस्लिमको नाममा सम्मानित भएका छन् भोलि इसाइहरु पनि त्यसैगरि सम्मानित हुने निश्चित छ ।
भारतका संविधान निर्माता तथा युगपुरुष डा। अम्वेडकरले हिन्दूधर्म भित्र सम्मान पाउनको लागि मंदिर प्रवेश , हिन्दू कोडविल जस्ता धेरै महत्वपूर्ण कार्य गरे तर पनि हिन्दूधर्ममा सम्मान नभेटेपछि आफ्ना अनुयायी सहित बौद्ध धम्म मा दिछित भएका थिए , हिन्दूधर्म जाति व्यवस्थाको जालो हो यसमा रहुन्जेल जातिबाट मुक्ति असंभव छ तसर्थ सम्मान को लागि हुलका हुल सामुहिक धर्मपरिवर्तन गरेपनि कुनै आश्चर्य हुनेछैन ।

हिन्दूधर्मको ठेकेदार पंडित पुरोहितले हिन्दूधर्म बचाउनको नाममा कडोडौ रुपैया अंधविश्वासि र अंधश्रध्दा फैलाउनमा खर्च गरिरहेको हुन्छ महत्वपूर्ण खध्दान यज्ञमा हवन गरि जलाउंछ तर उनिहरुले जातिविभेद तथा छुवाछुतको विरुद्ध चुं सम्म बोल्दैन , जातिविभेद र छुवाछुत रहेसम्म उनको वर्चस्व कायम रहन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्