घोराहीका प्रत्येक वडामा ‘जेष्ठ नागरिक भेटघाट केन्द्र’



निमु सगंम घर्ती,
घोराही, १२ भदौ । 
घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुको अनुभवलाई विकास सँग जोड्न व्यवस्थित ‘जेष्ठ नागरिक भेटघाट केन्द्र’ स्थापना गर्ने भएको छ । हरेक वडामा व्यवस्थित ‘जेष्ठ नागरिक भेटघाट केन्द्र’ स्थापना गरि उनिहरुबाट प्राप्त अनुभवलाई नगरको बिकासमा उपयोग गरिने उपमहानगरको योजना रहेको छ ।

त्यसैगरी जेष्ठ नागरिकहरुको सम्मानका लागि निजी क्षेत्रको सहकार्यमा नगरभित्र सञ्चालन हुने नगरबसमा ७० बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई निशुल्क यात्राको व्यवस्था गर्ने गरि निति कार्यक्रमबाट पारित गरिएको छ ।

साथै ८० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई वडा स्तरको शहरी स्वास्थ्य क्लिनिकबाट घरमै निशुल्क स्वास्थ्य जाँचको व्यवस्था समेत गरिने उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

हरेक बर्षको जेष्ठ नागरिक दिवसमा सबै वडाबाट एक एक जना महिला पुरुष जेष्ठ नागरिकलाई सम्मान गर्ने समेत उपमहानगरले जनाएको छ । यसैविच उपमहानगरपालिका भित्र बन्न कुनै पनि सरकारी भवनहरुलाई अपांगमैत्री बनाउने योजना समेत निति कार्यक्रमबाट पारित गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्