महिला र पुरुषमा को बढी अल्छी?



काठमाडौं। एउटा रमाइलो अध्ययनको निष्कर्ष बाहिर आएको छ । महिला र पुरुषलाई लिएर को बढी सरसफाइलाई ध्यान दिन्छ भनेर अनुसन्धान गरिएको थियो । उक्त अध्ययन अनुसार महिला भन्दा पुरुष आफ्ना भित्री वस्त्रलाई लिएर बढी फोहोरी हुन्छन् ।

उक्त अध्ययनका अनुसार पुरुषले आफ्नो अण्डरवेयर धेरै दिनसम्म परिवर्तन नगर्ने अध्ययनले देखाएको हो । इन्टरनेटमा गरिएको अनुसन्धानमा १८ प्रतिशत पुरुषले मात्र सफा तथा धोएको अन्डरवेर लगाउने गरको पाइएको छ । जहाँ ९३ प्रतिशत महिलाले एकपटक लगाएको अन्डरवेर धुने गरको पाइयो ।

उक्त सर्भेमा पुरुषले नधोएको एउटै अन्डरवेर धेरै दिनसम्म लगाइराख्ने दावी गरेका थिए । साथै उनीहरुले अल्छीपनाले अन्डरवेर, मोजा, वेडसिट सफा नगर्ने बताएका थिए । उक्त अध्ययनका अनुसार पुरुषले आफ्नो ओेछ्यानको कभर र मोजा पनि एक वा दुई महिनामा एक पटक मात्र धुने गर्छन् । जबकि महिलाले हप्तामा कम्तीमा एकपटक आफ्नो बेडकभर धुने गर्दछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्