बेलैमा होस् पुर्याउनुहोस् ! तपाईका बालबालिकामा पनि अटिजम हुन् सक्छ (भिडियो)



काठमान्डौ ।अटिजम भएका बालबालिकालाई कतिपयले रोगी भन्ने गर्छन् । तर, यो मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो । सामान्यतया बालबालिका जन्मेपछि शारीरिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिड्डुल गर्ने, सञ्चारको सीपलाई प्रयोग गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने हुन्छ । तर अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप सिक्ने क्षमता कम हुन्छ ।यस्तै, बच्चाहरूले विशेषगरी एउटै कुरामा मात्र बढी ध्यान दिएको पाइन्छ । यसलाई हामी मस्तिष्क विकासको क्रममा आउने ढिलाइ भन्छौं ।

अटिजम स्पेक्ट्रम बिकार (Autism Specturm Disorder ) क्रमिकरुपमा विकास हुदै जाने बिकार हो । यो समस्या भित्र धेरै लक्षणहरु हुने गर्दा यसलाई एउटा परिधि वा spectrum भित्र रहेर हेर्ने गरिन्छ । Specturm Disorder भएको हुनाले यो समस्या वाट ग्रषित बालबालिकाहरुमा बिशेष किसिमको सबल र दुर्बल पक्षहरु हुने गर्दछन ।

त्यसैले उनीहरुको सोच्ने, सिक्ने र समस्याको सामाधान गर्ने तौर-तरिका र सिप तीक्ष्ण देखि धेरैनै चुनौतिपूर्ण हुन सक्दछन जस्तो कि अटिजम भएको जो कोहि संगीतमा राम्रो हुन सक्दछ तर उ गणीतमा एकदमै कमजोर हुन सक्दछ । यो समस्याले ग्रषित बालबालिका सामाजिक अन्तरक्रिया गर्न सक्दैनन् भने उनीहरुको communication पनि त्यति राम्रो हुदैन । व्यवहारिक कठिनाई वाट सधै जुधिरहने हुनाले लगातार एउटा मात्र काम गरिरहन्छन्

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्